४ पुस २०८२, शुक्रबार | December 19, 2025

चीनबाट आज आठ लाख डोज भेरोसेल खोप आइपुग्दै, बिहीबार थप आठ लाख डोज आउने



काठमाडौं । चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्ने भएको छ । चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये आज (बुधबार) र भोलि (बिहीबार) गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो ।

त्यस्तै, भोलि पनि थप आठ लाख डोज खोप आउन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागको व्यवस्थापन महाशाखाका बाँकी ४४ लाख डोज खोप दुई सातापछि आउने कार्यतालिका रहेको छ ।

अब नियमित खोप आउने भएकाले अभाव नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबै नागरिकलाई आफ्नो पालो अनुसार खोप लगाउन अनुरोध गरेको छ ।

त्यस्तै, यहि साता जापानबाट पनि खोप आउन लागेको छ । जापानले कोभ्याक्स सुविधामार्फत १६ लाख डोज दिएको थियो । त्यसमध्ये बाँकी रहेको सात लाख डोज खोप भदौ ५ र ७ गते आउने महाशाखाले जनाएको छ ।

अहिलेसम्म २४ लाख ४८ हजार कोभिशिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार तीन सय २० डोज एस्ट्राजेनेका गरी एक करोड आठ लाख ६० हजार एक सय ७० डोज खोप नेपाल आइसकेको छ ।

स्वास्थ्य मन्त्रालयको सोमबारको तथ्यांक अनुसार ३४ लाख ९० हजार ६६५ जनाले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् भने ४६ हजार १६ हजार ९३६ जनाले पहिलो मात्रा लगाएका छन ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  ७ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको