१ पुस २०८२, मंगलबार | December 17, 2025

संक्रमण बढ्न थालेपछि दिक्तेलमा निषेधाज्ञा



खोटाङ । कोरोना सङ्क्रमणदर दिनानुदिन बढ्दै गएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १० दिन निषेधाज्ञा लागू गरिएको छ ।

दैनिकजसो गरिएको परीक्षणका क्रममा सङ्क्रमण पुष्टि हुने दर नरोकिएपछि मङ्गलबारदेखि यही भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

नगरपालिकाभित्र सञ्चालन हुँदै आएको हाटबजार, सरकारी तथा वित्तीय कार्यालयको सेवा, यातायातका सवारी साधन पूर्णरूपमा ठप्प बनाइने नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए ।

‘पछिल्लो समय दिक्तेल बजारमा सङ्क्रमण उच्च अधिक देखिएको छ,’ उनले भने, ‘कोभिड-१९ को सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि नगरपालिकाभित्रका औषधि पसल, इन्धन, तरकारी पसललगायत अत्यावश्यक कामका लागि सञ्चालन गर्नुपर्नेबाहेकका सम्पूर्ण होटल, व्यापार व्यवसाय तथा यातायातका साधन बन्द गरिएको छ ।’

नगरपालिकाभित्र सङ्क्रमित दर उच्च देखिएपछि उच्च सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको जनाउँदै गत साउन २७ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले १० दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाभित्रका सरकारी तथा गैरसरकारी, संस्थान, बैंक तथा वित्तीय संस्थालगायतका कार्यालयको सेवा स्थगन, नगरभित्रका हाटबजार, सभा सम्मेलन, जुलुस, धार्मिक क्षेत्रमा हुने पूजालगायतका भीडभाड हुने सबै क्षेत्र बन्द, नगरभन्दा बाहिरका शहर र अन्य क्षेत्रबाट पूर्वस्वीकृति लिएर आउने नगरवासीले अनिवार्य १५ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरिएको छ ।

कोभिड अस्पतालले सिफारिस गरेका बिरामीलाई मात्र नगरपालिकाले सिफारिस गरेको अस्पतालमा गाडीमार्फत पुर्‍याउने, नगरभित्रका सम्पूर्ण सरकारी, अत्यावश्यक सेवाका लागि बाहिर निस्कनुपरेमा जनस्वास्थ्यका मापदण्ड अपनाएर उच्च स्वास्थ्य सतर्कता अपनाएर मात्र निस्कने, अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कने, मास्क र स्यानिटाइजर प्रयोग गरी भौतिक दूरीजस्ता जनस्वास्थ्यको मापदण्ड अनिवार्य परिपालना गर्ने/गराउने निर्णय भएको छ ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  ९ : १५ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष