२० बैशाख २०८१, बिहिबार | May 2, 2024

दिक्तेल बजारमा ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण



खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदलयात्रु आवतजावत गर्ने स्थान (जेब्राक्रस) तथा तीव्रगति नियन्त्रण गर्ने स्थल (स्पिड ब्रेकर) निर्माण सुरु गरिएको छ । बढ्दो सवारी चापका कारण हुनसक्ने दुर्घटनालाई न्यूनीकारण गर्ने उद्देश्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको सहकार्यमा ती काम थालिएको हो ।

दिक्तेल बजारस्थित किरात चोकमा सोमबार जेब्रा क्रसको रेखा कोरेर कामको सुरुआत गरिएको छ । नगरपालिकाको रु नौ लाख ९३ हजार आठ सय सातमा सम्पन्न हुने जेब्राक्रस तथा स्पिड ब्रेकर कार्यक्रमको शुभारम्भ नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँ र प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले संयुक्त रूपमा जेब्रा क्रसको रेखा कोरेर गरेका हुन ।

आगामी असार मसान्तसम्म सम्पन्न गर्ने गरी नगरपालिकाबाट स्वीकृत भएको ‘होम्स तथा सडक मर्मत कार्यक्रम’ अन्तर्गत दिक्तेल बजारका विभिन्न १६ ठाउँमा स्पिड ब्रेकर तथा १० ठाउँमा जेब्राक्रस निर्माण गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । सजीव निर्माण सेवा कम्पनी खोटाङले कोटेशनमार्फत जिम्मा लिएको कार्यक्रमअन्तर्गत अल्छेढुङ्गा-अस्पताल चोक सडकखण्डमा कजवेसमेत निर्माण गर्नुपर्ने जनाइएको छ ।

सम्झौताअनुसार विभिन्न १० ठाउँमा स्पिड ब्रेकरको कामसमेत सुरु गरिएको कम्पनीका प्रतिनिधि श्यामकुमार पौडेलले जानकारी दिए । “जेब्राक्रसको काम दुई-तीन दिनभित्रै सम्पन्न गछौैँ । स्पिड ब्रेकरका लागि १० ठाउँमा फलामे डण्डी बिछ्याउने काम सम्पन्न गरिसकेका छौँ”, उनले भने, “पहिलो चरणमा एकातर्फको सम्पन्न गरेर पुनः अर्कोतर्फ निर्माण गर्ने योजना बनाएका छौँ । तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गरेर सम्बन्धित निकायलाई हस्तान्तरण गर्छौँ ।”

ढलानको काम भइरहेको दिक्तेल बजारको सडकमा स्पिड ब्रेकर तथा जेब्राक्रस नहुँदा यसअघि पटक-पटक दुर्घटना हुँदै आएको छ । सवारी सञ्चालन गर्दा तीव्रगतिका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले स्पिड ब्रेकर तथा जेब्राक्रस बनाउन नगरपालिकाको तर्फबाट आर्थिक एवं प्राविधिक सहयोग गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिए ।

गत जेठ २० गते मोटरसाइकलको ठक्करबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका निवर्तमान जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको निधनसमेत भएको थियो । दिक्तेल बजारस्थित आफ्नै घर नजिक रहेको सपिङ कम्प्लेक्स अगाडि प्रदेश १-०५-००१ प ६८३७ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका ५६ वर्षीय नेता श्रेष्ठको उपचारका क्रममा निधन भएको हो ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ६ : ४५ बजे

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई