२९ चैत्र २०८२, आइतबार | April 12, 2026

महन्थ ठाकुरको नयाँ पार्टी – जसपा नेपाल लोकतान्त्रिक



काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता टुंगो लागसँगै दलविहीन अवस्थामा पुगेको महन्थ ठाकुर समूहले नयाँ पार्टी गठन गर्ने भएको छ ।

राष्ट्रपतिले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेलगत्तै यो समुहले आफ्नो नयाँ पार्टी गठन गर्ने तयारी गरेको हो । ठाकुर पक्षको बुधरबार बसेको बैठकले पार्टीको नाम टुंगो लगाएको छ । नयाँ पार्टीको नाम अब ‘जसपा नेपाल लोकतान्त्रिक’ रहने भएको छ ।

पार्टीको नाममा टुंगो लागेपनि पदाधिकारी र केन्द्रीय कमिटीको संख्याबारे भने टुंगो नलागेको सो समुहका नेता शरतसिंह भण्डारीले बताएका छन् ।

निर्वाचन आयोगले गत साउन ११ गते जसपाको आधिकारिकता टुंगो लगाइदिएपछि ठाकुर पक्ष दलविहीन अवस्थामा पुगेको थियो । जसपाको कार्यकारिणीलाई आयोगले अद्यावधिक गरेपछि ठाकुर सो पार्टीको साधारण सदस्य मात्र बन्न पुगेका थिए । अब राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएसँगै ठाकुर पक्षले राहतको महशुस गरेको छ ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  १ : २२ बजे

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी

दाङमा पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका-१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको