२० असार २०८३, शनिबार | July 4, 2026

बाग्मती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुने निश्चित



काठमाडौँ । बाग्मती प्रदेशले एकै कार्यकालमा दोस्रो मुख्यमन्त्री पाउने भएको छ । गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री फेरिएसँगै बाग्मतीमा पनि मुख्यमन्त्री परिवर्तन हुने भएको हो । दुई प्रदेशमा सत्तारुढ एमालेलाई हटाएर अर्को पार्टीका नेता मुख्यमन्त्री बनेपनि बाग्मतीमा भने एमालेबाटै मुख्यमन्त्री चयन हुने निश्चित भएको छ । एमाले संसदीयदलले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एमाले वाग्मती प्रदेशको संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेपछि अव प्रदेशमा मुख्यमन्त्रीमा शाक्य नियुक्त हुने भएकी हुन् ।
मुख्यमन्त्री डोरमणी पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि एमाले संसदीयदलले सर्वसम्मत शाक्यलाई दलको नेता बनाइएको हो ।
हेटौंडास्थित प्रदेशसभा सचिवालयमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्त रुपमा दलको नेतामा चयन गरेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।
वाग्मती प्रदेशमा एमालेको स्पष्ट बहुमत रहेको छ ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  ४ : ३४ बजे

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता