१५ चैत्र २०८२, आइतबार | March 29, 2026

महन्थ ठाकुरको नेतृत्वमा बन्यो ‘जसपा नेपाल लोकतान्त्रिक’, चुनाव चिन्ह – साइकल



काठमाडौं । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारीभएसँगै बुधबार एक्कै दिन दुई वटा नयाँ पार्टी जन्मिएका छन् ।

नेकपा एमाले औपचारिक रुपमा विभाजित भएर एमाले समाजवादी नामको नयाँ पार्टी बने लगत्तै जनता समाजवादी पार्टी जसपा पनि विभाजित भएको छ ।

अध्यक्ष उपेन्द्र यादव पक्षीय जसपालाई निर्वाचन आयोगले आधिकारिक मान्यता दिएपछि पार्टीबिहीन जस्तै बनेका महन्थ ठाकुर राजेन्द्र महतो पक्षले आज जसपा नेपाल लोकतान्त्रिक नामको नयाँ पार्टी दर्ता गरेका छन् ।

लागि जसपा लोकतान्त्रिकका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ताको लागि निवेदन दर्ता गराएका छन् ।

सरकारले पार्टीको केन्द्रीय कमिटी वा संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत सदस्य संख्या पुर्याए नयाँ दल दर्ता गर्न पाउने खुकुलो प्रावधानसहित अध्यादेश ल्याएपछि ठाकुर पक्षलाई राहत मिलेको थियो ।

जसपा लोकतान्त्रिकको अध्यक्षमा महन्थ ठाकुर चयन भएका छन् । पार्टीको कार्यकारिणी समिति २५ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ ।
यो पार्टीले नयाँ दलको चुनाव चिन्हमा साइकल प्रस्ताव माग गरेको छ ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  ४ : २४ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक