६ श्रावण २०८३, बुधबार | July 23, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले फिर्ता पठाए आधा सुरक्षाकर्मी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले आफ्नो सुरक्षामा परिचालित सुरक्षा संयन्त्रमा कटौती गरेका छन् । मुख्यमन्त्री केसीले स्कटिङमा खट्दै आएका आधा सुरक्षाकर्मी घटाएका हुन् ।

केसीले प्रहरी नायब निरीक्षकको कमाण्डमा रहेको सात जनाको प्रहरी टोलीलाई फिर्ता पठाईएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार यसअघि मुख्यमन्त्री शंकर पोखरेलले स्कटिङमा १४ जना सुरक्षाकर्मी प्रयोग गर्दै आएका थिए । खटिएका सुरक्षाकर्मीमध्ये नेपाल प्रहरीको सात जनाको ‘अगुवा’ र सशस्त्र प्रहरीको सोही संख्यामा ‘पछुवा’ परिचालित गरिएकोमा ती सुरक्षाकर्मीहरुलाई मुख्यमन्त्री केसीले पदभार ग्रहण गरेसँगै हटाएका हुन् ।

मुख्यमन्त्री केसीले जननिर्वाचित प्रतिनिधि जनतामा जाँदा असुरक्षाको महसुस गर्नुपर्ने अवस्था नरहेको बताए । उच्चपदस्थको सुरक्षाको नाममा अनावश्यक जनशक्ति खटाउँदा जनसुरक्षामा असर पर्ने उनको भनाइ छ ।
अहिले प्रदेश सरकारले सुरक्षाकर्मी परिचालनमा नयाँ कार्ययोजना बनाउने तयारी गरिरहेको बताईएको छ ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  ६ : २२ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क