१५ चैत्र २०८२, आइतबार | March 29, 2026

वामदेवको साथ माधव नेपाललाई



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले ९समाजवादी० पार्टीमा सहभागी हुने बताएका छन् ।

गौतमले नेतृत्व गरेको ‘पार्टी एकता राष्ट्रिय अभियान’को बिहीबार भर्चुअल बैठकले एमाले विभाजन भइसकेको अवस्था मध्यनजर गर्दै नेपालले नेतृत्व गरेको एमाले समाजवादीलाई समर्थन गर्ने निर्णय गरेको उनको सचिवालय सदस्य शैलेन्द्र राउतले बताए ।

नेता गौतमले भर्चुअल बैठकमा अब नेपाल पक्षमा लगेर वामपन्थीबीचको एकता आफ्नो नेतृत्वमा गर्ने बताएका छन् । अबको डेढ वर्षमा एमालेबाहेकको वामपन्थीलाई एक ठाउँमा ल्याउन सकिने दाबी गौतमले गरेका छन् ।

आफू केपी ओलीतर्फ गएको तर उनले कुनै जिम्मेवारी नै नदिएको आरोप उनले लगाए । ‘माधव नेपाल नेतृत्वको पार्टीको बैठकमा म सबैभन्दा पहिले प्रस्ताव राख्छु, एकताको जिम्मेवारी मलाई दिनुहोस् । उहाँले दिनुहुन्छ, मलाई विश्वास छ’ गौतमले भने, ‘केपी ओलीतिर गएँ नि, केपी ओलीले त जिम्मै दिएनन् । मैले जिम्मेवारी मागेका थिएँ ।

तर माधव नेपालतिर गएपछि मलाई दिनुहुन्छ ।’ बैठकमा सहभागीमध्ये केहीले माधव नेपालकै पार्टीमा सामेल हुनुपर्ने प्रस्ताव राखेका थिए भने केहीले एकता अभियानमै रहनुपर्ने अडान लिएका थिए । युवा संघद्वारा एमाले समाजवादीमा समाहित हुने निर्णय यता, युवा संघ नेपालले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टीमा समाहित हुने निर्णय गरेको छ ।

संघ एमाले समाजवादी पार्टीमा गोलबद्ध हुन देशभरिका नेता, कार्यकर्तालाई अपिलसमेत गरेको छ । संघका अध्यक्ष नरेश शाहीको अध्यक्षमा संघका उपलब्ध पदाधिकारी र विभागीय प्रमुखरउपप्रमुखको सहभागितामा बसेको बैठकले एमाले समाजवादी पार्टीमा समाहित हुने निर्णय गरेको संघका उपमहासचिव एवं प्रवक्ता सञ्जीप राईले बताए ।

यस्तै, बैठकले संघको झन्डा रातो पृष्ठभूमिमा सेतो पाँचकुने तारा तीन कुनामाथि र दुई कुना तल फर्केको राख्ने निर्णय गरेको छ ।

‘यात्रा समृद्धिको, लक्ष्य समाजवादको’ मूल नारा राख्ने निर्णय बैठकले गरेको छ । संघको केन्द्रीय कमिटीको विस्तारित बैठक ११ र १२ भाद्रमा काठमाडौंमा हुनेछ । सो बैठकमा सातवटै प्रदेश कमिटीका पदाधिकारी जिल्ला अध्यक्ष, सचिव र महिला विभाग प्रमुख, केन्द्रीय निकाय सहभागी हुनेछ ।

५ भाद्र शनिबार बिहान ८ बजे महिनाको २ दिनको २ घण्टा, राष्ट्रलाई अभियानअन्तर्गत त्रिभुवन विश्वविद्यालय परिसर सरसफाइ कार्यक्रम राख्ने निर्णय बैठकले गरेको छ । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ६ : ५१ बजे

साताको पहिलो दिन सुनको मूल्य ह्वात्तै बढ्यो, तोलामा ५ हजारको उकालो

काठमाडौं । केही दिनदेखि लगातार घटिरहेको सुनको मूल्य साताको पहिलो

रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ स्थित (छुसाङ-तेताङ) गाउँबीच प्राकृतिक

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं । पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ