१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

काठमाडौं उपत्यकामा आजदेखि ‘प्लस टु’का विद्यार्थी र ४० वर्ष माथिकालाई भेरोसेल खोप लगाइदै



काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई पनि कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउने भएको छ ।

काठमाडौं महानगरपालिकाले सूचना जारी गरी १८ वर्ष पुगेका कक्षा ११ र १२ का विद्यार्थीलाई खोप लगाउन अनुरोध गरेको छ । उनीहरुलाई भेरोसेलको पहिलो डोज लगाइने भएको छ ।

कक्षा ११ र १२ का विद्यार्थीलाई विद्यार्थी परिचयपत्रका आधारमा खोप लगाइनेछ । त्यस्तै, विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्रका आधारमा पनि १८ वर्षभन्दा माथिका विद्यार्थीलाई खोप लगाइने महानगरले जनाएको छ ।

भेरोसेल खोप १८ वर्षभन्दा माथिका विद्यार्थीले मात्रै लगाउन मिल्छ । १८ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सरकारले फाइजरको खोप खरीद गर्न लागेको छ ।

यससँगै काठमाडौं महानगरपालिकाले ४० वर्षभन्दा माथिका नागरिकलाई पनि भेरोसेलको पहिलो डोज लगाउने भएको छ । खोप लगाउन ३२ वटै वडामा खोप केन्द्र तोकिएको छ ।

यसका लागि भदौ ४, ५ र ८ गते खोप कार्यक्रम सञ्चालन हुनेछ । विहान १० देखि साँझ ५ बजेसम्म खोप लगाइने भएको छ । प्रत्येक वडामा तोकिएका खोप केन्द्रबाहेक थप खोप केन्द्रको व्यवस्था गरिएको महानगरले जनाएको छ ।

जसअनुसार, सामाखुशीको राधास्वामी आइसोलेसन सेन्टर, बलम्बुको सशस्त्र प्रहरी बल अस्पताल, रत्नपार्कको वीर अस्पताल, महाराजगञ्जको शिक्षण अस्पताल, बानेश्वरको निजामती कर्मचारी (सिभिल) अस्पताल, थापाथलीको परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल, महाराजगञ्जको नेपाल प्रहरी अस्पताल र छाउनीको वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाउन सकिनेछ ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ७ : २५ बजे

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास