१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

माधव नेपालपक्षका निरन्जन झा रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त



काठमाडौं । सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा माधवकुमार नेपाल निकट निरञ्जन झालाई नियुक्त गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी एमाले (समाजवादी)का युवा नेता तथा नेपाल पक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष सप्तरीका झालाई महाप्रवन्धक नियुक्त गरेको हो । उनी सप्तरीको राजविराज नगरपालिका-१ निवासी हुन ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेको महाप्रबन्धक गुरु भट्टराईलाई शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले स्पष्टीकरण सोधेपछि उनले राजीनामा दिएका थिए । भट्टराईले महाप्रबन्धकबाट राजीनामा दिएपछि रिक्त पदमा झालाई नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए ।

नेता नेपालले एमाले (समाजवादी) गठन गर्न निर्वाचन आयोगमा निवेदन दिएसँगै सरकारले उनी पक्षकालाई राजनीतिक नियुक्ति दिन थालेको छ ।

बिहीबारकै मन्त्रिपरिषदले नेता नेपालनिकट यादवचन्द्र शर्मालाई बागमती प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ८ : २८ बजे

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक