१५ चैत्र २०८२, आइतबार | March 29, 2026

कोभिड संक्रमितका लागि छुट्टै डायलासिस



चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितको मिर्गौला डायलासिस गर्न छुट्टै उपकरणको व्यवस्था गरिएको छ । डायलासिस विभागमा रहेका नौवटा उपकरणमध्ये एउटा कोभिड सङ्क्रमितका लागि छुट्याइएको हो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोभिडका लागि छुट्टै राखिएको डायलासिस उपकरणमा गत साउनमा मात्रै छ कोभिड सङ्क्रमितले १३ पटक सेवा लिएका छन् । अस्पतालमा रहेका १२ डायलासिस उपकरणमध्ये एउटा बिग्रिएको छ भने दुई प्रयोगमा नै आएका छैनन् ।

दैनिक चार सिफ्टमा डायलासिसको काम हुँदै आएको यस अस्पतालमा अहिले मासिक १०१ व्यक्तिले नियमित सेवा लिँदै आएका छन् । साउनमा मात्रै १२१ ले सेवा लिएको उनले जानकारी दिए । साउनमा सेवा लिएकामध्ये ४९ महिला र ७२ पुरुष छन् ।

डायलासिस विभागकी सुनिता देवकोटाका अनुसार अहिले पालो पर्खेर बसेका बिरामीको सङ्ख्या ४० जना रहेको छ । पालो पर्खेर बसेकाले दुई महिनासम्म पालो कुर्नुपर्ने हुन्छ । उनीहरुले यहाँ लामो समयसम्म पालो कुर्नुपर्ने भएपछि अन्य अस्पतालबाट सेवा लिने गरेका छन् ।

अस्पतालमा पालोमा रहेका बिरामीलाई क्रमशः सेवा दिने उनले जानकारी दिए । चिकित्सकको सल्लाहले आकस्मिक मिर्गौलाको डायलासिस गर्नुपर्नेलाई भने पालो कुर्नु नपर्ने उनले जानकारी दिए । विसं २०७४ मा यस अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आएसँगै एक व्यक्तिले ३०९ पटकसम्म सेवा लिएको तथ्याङ्क छ ।

आकस्मिक सेवा लिनुपर्दा रु दुई हजार ५०० मा सेवा दिइने गरेको छ । यो सेवा निजीमा भन्दा सस्तो हो । निजी अस्पतालले एकपटकको रु तीन हजार ५०० देखि रु सात हजारसम्म लिने गरेका छन् । सरकारी अस्पतालमा प्रक्रिया पुर्याएर उपचारका लागि आए यो सेवा निःशुल्क हुनेछ । सरकारी अस्पतालमा सबै उपकरण सञ्चालन नहुँदा र उपकरणको कमीले चाहेर पनि धेरैले यो सेवा लिन पाएका छैनन् ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ९ : ५८ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक