१८ चैत्र २०८२, बुधबार | April 1, 2026

१४ सांसदलाई पदमुक्त गर्न माग गर्दै सभामुख कार्यकक्षमा एमाले सांसदको धर्ना



काठमाडौं । नेकपा एमालेले पार्टीबाट निस्काशित गरिएका १४ सांसदलाई पदमुक्त गर्न आज पनि सभामुख अग्निप्रसाद सापकोटालाई दबाब दिएको छ ।

एमालेका सांसदहरु कार्यालय समय खुलेसँगै सभामुखको कार्यकक्षमा पुगेर सांसदहरुलाई निस्काशन गर्न दबाब दिएका छन् । उनीहरुले ती १४ सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न सभामुख अग्नि सापकोटालाई दबाब दिन लागेका हुन् ।

एमालेले साउन २५ गतेको केन्द्रीय कमिटीको निर्णयको आधार भन्दै भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगलाई माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न पत्राचार गरेको थियो ।

आफुले पत्राचार गरेको चार दिन हुँदा पनि कुनै कारवाही नभएको भन्दै एमाले सांसदहरुले सभामुखलाई दबाब दिन उनको कार्यकक्षमा मोर्चा कसेका हुन् । सभामुखको कार्यकक्षमा एमाले सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी, कृष्णभक्त पोखरेल, गोकुल बास्कोटा, लालबाबु पण्डित, राजेन्द्र गौतम, सूर्य पाठक, विमला विश्वकर्मा,गोमा देवकोटालगायतका सांसदहरु बसिरहेका छन् ।

यसअघि उनीहरुले हिजो पनि सभामुखलाई धम्कीपूर्ण भाषा र बल प्रयोगको चेतावनी दिएका थिए । त्यसपछि हिजो सभामुख र एमाले सांसदहरुबीच केहीबेर नोकझोंक चलेको थियो ।

यसअघि अन्य दलले गरेको कारवाहीलाई तत्कालै कार्यान्वयनमा ल्याएका सभामुखले अहिले एमालेप्रति भेदभाव गरेको उनीहरुले आरोप लगाएका छन् ।

हिजो मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सभामुख सापकोटालाई माओवादी नबन्न चेतावनी दिएका थिए ।

संसदीय दलको ह्वीप विपरित काम गरेको अभियोग लगाउँदै एमालेले ती सांसदलाई कारवाही गरेको हो । तर, सोही ह्वीप उल्लंघन गर्ने अन्यै कैयौं सांसदलाई भने कारवाही गरिएको छैन ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ११ : २५ बजे

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ

खड्का-कोइराला पक्षीय कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा