४ पुस २०८२, शुक्रबार | December 20, 2025

१४ सांसदलाई पदमुक्त गर्न माग गर्दै सभामुख कार्यकक्षमा एमाले सांसदको धर्ना



काठमाडौं । नेकपा एमालेले पार्टीबाट निस्काशित गरिएका १४ सांसदलाई पदमुक्त गर्न आज पनि सभामुख अग्निप्रसाद सापकोटालाई दबाब दिएको छ ।

एमालेका सांसदहरु कार्यालय समय खुलेसँगै सभामुखको कार्यकक्षमा पुगेर सांसदहरुलाई निस्काशन गर्न दबाब दिएका छन् । उनीहरुले ती १४ सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न सभामुख अग्नि सापकोटालाई दबाब दिन लागेका हुन् ।

एमालेले साउन २५ गतेको केन्द्रीय कमिटीको निर्णयको आधार भन्दै भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगलाई माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न पत्राचार गरेको थियो ।

आफुले पत्राचार गरेको चार दिन हुँदा पनि कुनै कारवाही नभएको भन्दै एमाले सांसदहरुले सभामुखलाई दबाब दिन उनको कार्यकक्षमा मोर्चा कसेका हुन् । सभामुखको कार्यकक्षमा एमाले सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी, कृष्णभक्त पोखरेल, गोकुल बास्कोटा, लालबाबु पण्डित, राजेन्द्र गौतम, सूर्य पाठक, विमला विश्वकर्मा,गोमा देवकोटालगायतका सांसदहरु बसिरहेका छन् ।

यसअघि उनीहरुले हिजो पनि सभामुखलाई धम्कीपूर्ण भाषा र बल प्रयोगको चेतावनी दिएका थिए । त्यसपछि हिजो सभामुख र एमाले सांसदहरुबीच केहीबेर नोकझोंक चलेको थियो ।

यसअघि अन्य दलले गरेको कारवाहीलाई तत्कालै कार्यान्वयनमा ल्याएका सभामुखले अहिले एमालेप्रति भेदभाव गरेको उनीहरुले आरोप लगाएका छन् ।

हिजो मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सभामुख सापकोटालाई माओवादी नबन्न चेतावनी दिएका थिए ।

संसदीय दलको ह्वीप विपरित काम गरेको अभियोग लगाउँदै एमालेले ती सांसदलाई कारवाही गरेको हो । तर, सोही ह्वीप उल्लंघन गर्ने अन्यै कैयौं सांसदलाई भने कारवाही गरिएको छैन ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ११ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको