१५ चैत्र २०८२, आइतबार | March 29, 2026

सरकारका १ हजार ५ सय बढी निर्णय, कार्यान्वयन भने फितलो



काठमाडौं । सरकारले एक वर्षको अवधिमा मन्त्रिपरिषद् बैठकबाट मात्रै १ हजार ५ सय २१ निर्णय गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को वर्षभरिमा ५८ पटक बसेको बैठकबाट १ हजार ५ सय २१ र मन्त्रिपरिषद्अन्तर्गतका समितिको ५४ पटकको बैठकबाट १ सय २९ वटा गरेर जम्मा १ हजार ६ सय ५० वटा विषयमा निर्णय गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको हो ।

सरकारले यसरी विभिन्न विषयमा निर्णय गरे पनि कार्यान्वयनको पक्ष फितलो रहेको पाइएको छ । सरकारले मन्त्रिपरिषद् तथा मन्त्रिपरिषद्अन्तर्गतका निकायबाट निर्णय गरे पनि निर्णय कार्यान्वयन गर्ने निकायबाट नै ढिलासुस्ती हुने गरेको छ । कतिपय निर्णयको कार्यान्वयन अवस्था त कहाँ पुग्यो र के हुँदै छ भन्नेबारे समेत सम्बन्धित निकाय अनविज्ञ रहेको पाइएको छ ।

महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन, २०७८ अनुसार मन्त्रिपरिषद्बाट गरिएका निर्णय कार्यान्वयनको सुनिश्चितताका लागि कार्यालयले गरेको अनुगमनका क्रममा २ सय ८४ वटा निर्णयको अनुगमन गर्दा १ सय ९५ वटा निर्णयको विवरण नै नभेटिएको पाइएको छ ।

सो २ सय ८४ वटा निर्णयको अनुगमनमा ६७ वटा मात्र कार्यान्वयन भएको पाइएको थियो भने १९ वटा कार्यान्वयन भइरहेको र तीनवटा कार्यान्वयन नभएको पाइएको थियो । मन्त्रिपरिषद् बैठकका निर्णयहरूको कार्यान्वयन पक्ष कमजोर देखिएपछि महालेखा परीक्षकको कार्यालयले अनुगमन प्रभावकारी बनाउन सुझाएको छ ।

महालेखाले सरकारलाई संसद्मा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि कार्यालयले अनुगमन गरी प्रगति विवरण तयार गर्नुको साथै प्रगति मूल्यांकन गरी समस्या देखिएमा समाधानका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्ने उल्लेख गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विद्यमान कानुनविपरीत शीर्षकमा खर्च गरेको समेत खुलेको छ । सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार ५ लाखभन्दा बढी लागत अनुमान भएको मालसामान खरिद गर्दा सिलबन्दी दरभाउपत्रको माध्यमबाट गर्नुपर्ने व्यवस्था भए पनि कार्यालयले सोझै खरिद विधिबाट १ करोड ९९ लाख ४४ हजार विविध शीर्षकमा खर्च गरेको हो । महालेखाले तोकिएको कार्यविधि एवं मापदण्ड पालना गरी प्रतिस्पर्धात्मक र मितव्ययिता बनाउन निर्देशन दिएको छ ।

सरकारले दैवी प्रकोप उद्धार कोषलाई प्रभावकारी ढंगले सञ्चालन गर्न नसकेको पाइएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अघिल्लो वर्षको मौज्दातसमेत गरेर ४ अर्ब १ करोड ४७ लाख २५ हजार, प्रधानमन्त्री राहत कोषमा १० करोड ९० लाख ७९ हजार र प्रधानमन्त्री राष्ट्रिय प्रतिभा कोषमा २ करोड ४७ लाख ९६ हजारसमेत गरेर ४ र्अ १४ करोड ८६ लाख आम्दानी भएकोमा सो रकम खर्च नै नभई मौज्दात रहेको पाइएको हो । कोषको मौज्दात रकम उद्देश्यअनुरूप उपयोग गर्नुपर्नेमा सरकारले मौज्दात मात्र राखेको पाइएको हो । आजको राजधानी दैनिकमा टेनिस रोकाले याे समाचार लेखेका छन ।

प्रकाशित मिति : ५ भदौ २०७८, शनिबार  ६ : ४१ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक