७ आश्विन २०८३, बुधबार | September 23, 2026

पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य फेरी बढ्यो



काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले पेट्रोल तथा डिजल/मट्टीतेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको हो ।

बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १३० र डिजल/मट्टीतेलको ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको छ । यस्तै, एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० कायम गरिएको निगमले जनाएको छ ।

निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान) मा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोलिटर कायम गरिएको छ ।

मूल्य समायोजन पछि पनि निगमलाई अब पेट्रोलमा प्रति लिटर ८.४२ रुपैयाँ, डिजेलमा प्रति लिटर २.६४ रुपैयाँ तथा एल.पि.ग्याँसमा प्रति सिलिण्डर ४२०.७५रुपैयाँ घाटा हुने जनाएको छ ।                                                                 

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  ९ : २४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई