१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपालगन्जमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । झण्डै १ महिना शुन्य मृत्युको अवस्थामा पुगेको बाँकेमा भाद्र लागेपछि कोरोना संक्रमितको मृत्युको संख्या बढ्न थालेको छ । बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बाँकेका १ जना र दाङका १ जना संक्रमितको गयराती मृत्यु भएको हो ।

कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका अनुसार भाद्र ५ गते भेरी अस्पताल भर्ना भएका राप्ती गाँउपालिका ३ दाङका ८४ वर्षिय पुरुषको मंगलबार राती ९ बजे मृत्यु भएको थियो भने साउन २९ गते भेरी अस्ताल भर्ना भएका राप्ती सोनारी गाँउपालिका ३ बाँकेका ४३ वर्षिय पुरुषको मंगलबार राती ९ः३० बजे मृत्यु भएको हो ।

बाँकेमा उपचाररत संक्रमितको आज थपिएको मृत्युको संख्या समेत गरि बाँकेका ३२८ जना र बाँके बाहिरबाट बाँकेमा उपचार गर्न आएका ३९७ जनाको मृत्यु भईसकेको छ ।

 

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  ८ : ३४ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्