४ पुस २०८२, शुक्रबार | December 20, 2025

सेनाले फेरि बख्तरबन्द गाडीहरू सडकमा निकाल्दै



काठमाडौं । नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीहरू फेरि सडकमा निकाल्ने भएको छ ।

सैनिकहरूका लागि चालक सीप अभिवृद्धि गर्ने उद्देश्यले बख्तरबन्द गाडीहरूको अभ्यास सञ्चालन गर्न लागिएको सेनाले जनाएको छ ।

काठमाडौंको सीतापाइलास्थित गण र उपत्यकाबाहिर इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगञ्ज र धनगढीमा गुल्महरूले बख्तरबन्द गाडीको अभ्यास सञ्चालन गर्दैछन् ।

स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा बख्तरबन्द गाडीहरुको रोड ड्राइभिङ अभ्यास गरिने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

अभ्यासहरुको संशोधित मिति र रुट योजनाको सम्बन्धमा बेवसाइटबाट जानकारी लिन सकिने सेनाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  १० : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको