२४ माघ २०८२, शनिबार | February 7, 2026

काठमाडौंमा फोहोरको थुप्रो



काठमाडौं । नुवाकोट र धादिङको सीमावर्ती क्षेत्रमा निर्माणाधीन बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माणमा व्यापक ढिलासुस्ती देखिएको छ ।

गत वर्षको मंसिरमा नै सम्पन्न भइसक्नुपर्ने ल्यान्डफिल साइट अब कहिलेसम्म निर्माण सम्पन्न भएर फोहोर विसर्जन गर्न मिल्ने भन्ने अझै पनि अनिश्चित छ । हाल काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको सिसडोल भरिएपछि अहिले काठमाडौं उपत्यकामा फोहोरको थुप्रोसमेत लागेको छ ।

सरकारले २०६२ सालमै तीन वर्षभित्र बन्चरे डाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो । तर, सो योजना अहिलेसम्म पनि अधुरै रहेको छ ।

केपी ओली नेतृत्वको सरकारका सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले १६ कात्तिक २०७७ मा एक महिनाभित्र बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि साइटको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले कुनै पनि बहानामा आलटाल नगरी तोकिएकै समयमा फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिए पनि ढिलासुस्तीका कारण अहिलेसम्म फोहोर व्यवस्थापन गर्न सकिएको छैन ।

लुम्बिनी–कोसी एन्ड न्यौपाने जेभीका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले सो समयमा १ मंसिरसम्ममा फोहोर विर्सजन गर्न मिल्नेगरी अन्तिम काम भइरहेको जानकारीसमेत गराएका थिए ।

सरकारले एकपटक निर्देशन दिएर चुप लागेर बस्ने र ठेकेदार कम्पनीले ढिलासुस्ती गरेका कारण ल्यान्डफिल्ड साइटको निर्माण तोकिएको समयमा निर्माण सम्पन्न हुन नसकेको हो ।

सहरी विकास तथा भवन निर्माण विभागले हालसम्म करिब ४० करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । पहिलो चरणमा ३४ करोड ६८ लाख ७४ हजार र दोस्रो चरणका लागि ४६ करोड ५ लाख ९४ हजार रुपैयाँको ठेक्का सम्झौता गरिसकेको छ । पहिलो चरणको निर्माण सम्झौता २२ वैशाख २०७७ सम्म थियो । लुम्बिनी-कोसी एन्ड न्यौपाने जेभीले तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकेपछि विभागले २२ कात्तिक २०७७ सम्म म्याद थपेको थियो ।

सहरी विकास मन्त्रालयले अहिले आएर पहिलो चरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । दोस्रो चरणको निर्माण ठेक्का कालिका कन्ट्रक्सनले पाएको छ । सो कम्पनीले १९ जेठ २०७८ भित्र सम्पन्न गर्ने सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले कोभिड-१९ को स्वाथ्यजन्य समस्याको कारणले कामदार र निर्माण समाग्री आपूर्तिमा कठिनाइ, सिसडोलमा फोहोरको पहिरो गई आगमन अवरुद्ध भएको, कोल्पुखोलामा वर्षातमा बाढी आएर निर्माण कार्यमा प्रभावितलगायतका कारण तोकिएको समयमा निर्माण गर्न नसकिएको जनाएको छ ।

विभागले ल्यान्डफिल्ड निर्माण सम्पन्न भएपछि करिब सय वर्षसम्म फोहोर व्यवस्थापन गर्न मिल्ने जनाउँदै आएको छ । फोहोर वर्गीकरण नगरी विसर्जन गर्दा २५ वर्ष र वर्गीकरण गर्दा करिब सय वर्षसम्म ढुक्कसँग फोहोर व्यवस्थापन गर्न सकिने विभागले जनाएको छ । काठमाडौं र ललितपुर दुई महानगरसहित उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन गर्ने तयारी छ ।

सिसडोलमा २०६२ मा दुई वर्षका लागि फोहोर व्यवस्थापन गर्न सकिने क्षमताको ल्यान्डफिल्ड निर्माण गरिएको थियो । त्यसयता त्यसैमा पटकपटक माटोले पुरेर केही विस्तार गर्दै अहिलेसम्म फोहोर व्यवस्थापन गरिँदै आएको छ ।

सरकारले सिसडोलमा फोहोर व्यवस्थापन गर्न सुरु गरेसँगै दीर्घकालीन रूपमा फोहोर व्यवस्थापनका लागि बन्चरेडाँडामा १ हजार ७ सय ९२ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

उपत्यकाको फोहोर व्यवस्थापन गर्न जापानी सहयोग नियोग ९जाइका० ले सन् २००२ मा सिसडोल ल्यान्डफिल साइट हस्तान्तरण गरेपछि बन्चरेडाँडा दीर्घकालीन ल्यान्डफिल साइटको कन्सेप्चुयल डिजाइन तयार गरी १ अर्ब ८६ करोड लाग्ने अनुमान गरेको थियो । जाइकाले सो ल्यान्डफिल साइट सन् २००९ सम्ममा सम्पन्न हुने जनाएको थियो । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १० भदौ २०७८, बिहिबार  ७ : ०४ बजे

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

बेनी-जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडकको

आईसीसी टी-२० विश्वकपको १० औं संस्करण आजदेखि, पहिलो दिन तीन खेल हुँदै

काठमाडौं । आईसीसी टी-२० विश्वकपको १० औं संस्करण आज (शनिबार)देखि

भत्किँदै उठेको झेँदी पुल : बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना

गुल्मी । वर्षौँको प्रतिक्षा, निराशा र संघर्षपछि अन्ततः गुल्मीको बडिगाड