२६ बैशाख २०८१, बुधबार | May 8, 2024

एमाले प्रदेश नं १ संसदीय दलको नेतामा भीम आचार्य चयन



काठमााडौं । नेकपा एमाले प्रदेश नं १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् ।

आज बसेको एमाले संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । यसअघिका मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत संसदीय दलको नेता चयन भएका हुन् ।

केन्द्रमा नेकपा एमाले विभाजन भएसँगै त्यसको प्रत्यक्ष असर प्रदेश नं १ मा समेत देखिएको हो । एमाले विभाजनपछि मुख्यमन्त्री राई अल्पमतमा परेपछि तेस्रो धारका नेता आचार्यलाई नयाँ सरकारको नेतृत्व गर्ने उदेश्यले संसदीय दलको नेतामा चयन गरिएको हो । आचार्यले आजै नयाँ मुख्यमन्त्रीको शपथ लिने तयारी गरेका छन् ।

केन्द्रीय राजनीतिक समीकरणसँगै यसअघि नै ओली पक्षका बागमती प्रदेशको मुख्यमन्त्रीबाट डोरमणी पौडेलले राजीनामा दिएपछि अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भइसकेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ११ : ५६ बजे

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक