२४ माघ २०८२, शनिबार | February 7, 2026

चितवनको सेती दोभानमा पहिरो खस्दा नारायणघाट-मुग्लिन सडक अवरुद्ध



चितवन । लगातारको वर्षाले गएराति पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका-२९ मा पर्ने सेती दोभानमा पहिरो खसेको हो । गएराति ८ः३० बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए ।

पहिरोले सडक अवरुद्ध भएको उनले जानकारी दिए । उनका अनुसार पानी परिरहेको र पहिरो खसिरहेकाले तत्काल बाटो सञ्चालन हुने सम्भावना छैन ।

अहिले पनि पहिरो खस्न नरोकिएकाले पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । निक्कै ठूलो पहिरो गएकाले पन्छाउन समय लाग्ने छ ।

सडक दुवैतर्फबाट अवरुद्ध भएपछि यात्रु बीचबाटोमै रोकिएका छन्। अहिले यो सडक खण्डमा गाडीको लामो लाइन छ ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  ८ : २६ बजे

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज । निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नारायणगढ । भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र