४ पुस २०८२, शुक्रबार | December 19, 2025

चाक्सीबारीमा कांग्रेसका वरिष्ठ नेता पौडेल पक्षको छलफल जारी



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका शीर्ष नेताहरू छलफलमा जुटेका छन । शुक्रबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीबारीस्थित निवासमा नेताहरू छलफलमा जुटेका हुन ।

वरिष्ठ नेता पौडेलपक्षीय नेताहरूको बैठक आज बिहान करिब साढे ८ बजेदेखि जारी रहेको जनाइएको छ ।

क्रियाशील सदस्यहरूको सूची सार्वजनिक र अनशनमा रहेका कांग्रेस जिल्ला सभापतिहरूका माग सम्बोधन गराउने विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वसहमहामन्त्रीहरू रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरा लालगायत नेता छन ।

साथै पौडेल पक्षका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यतामा देखिएका विवादलाई लिएर मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालयमा रिले अनसन जारी राखेका छन्। उनीहरुले महाधिवेशनको मतदाताको नामावली सार्वजनिक गर्नुपर्नेसहित तीन बुँदे माग राखेका छन् ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  १० : १४ बजे

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा