१ पुस २०८२, मंगलबार | December 16, 2025

कांग्रेस १४ औं महाधिवेशनः निधि पहिलो उम्मेद्वार



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाविधेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन् । निधिले शुक्रबार बानेश्वर थापागाउँमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका हुन् ।

पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोलेश्वरलगायत विभिन्न पवित्र मन्दिरका पुजारी तथा पण्डितहरूबाट शक्तिकी प्रतीक देवी र दुर्गाको पूजाअर्चना गर्दै निधिले आफ्नो चुनावी सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

निधिले आगामी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने भनेसँगै सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगको दूरीसमेत पातलिएको छ । निधिले देउवालाई यसअघि आफूलाई १४औं महाधिवेशनमा सभापतिमा सघाउने सर्तमै सघाएको बताउँदै आइरहेका छन् ।

निधिले सम्पर्क कार्यालय उद्घाटन गर्दै गर्दा केही जिल्लाका प्रभावशाली जिल्ला सभापतिसमेत साथमा राखेका थिए ।

कार्यक्रममा सभापति देउवाका गृह जिल्ला डडेल्धुराका सभापति कर्ण मल्ल, काभ्रे सभापति मधु आचार्य, नुवाकोट सभापति जगदीशनरसिंह केसी, धादिङका रमेश धमला, सुर्खेतका कमलमणि रेग्मी, संखुवासभाका दीपनकुमार श्रेष्ठ, धनुषाका महेशचन्द्र गिरीलगायत सहभागी थिए । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  ६ : ५३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज