५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेव वाटमोरले राजीनामा दिएका छन ।

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्रिकोणात्मक सिरिजका लागि ओमानमा रहेका मुख्य प्रशिक्षक वाट्मोरले शुक्रबार क्यानलाई इमेल पठाउँदै राजीनामा दिएका हुन ।

प्रशिक्षक वाट्मोरले राजीनामा दिए पनि स्वीकृत नभएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । वाट्मोरले पारिवारिक कारण देखाउँदै ओमान भ्रमणपछि नेपाली टिम छोड्न चाहेको अध्यक्ष चन्दले बताए ।

‘उहाँले ओमान भ्रमणपछि टिम छाड्छु भन्नु भएको छ । तर, राजीनामा स्वीकृत भइसकेको छैन । यस विषयमा उहाँसँग पनि छलफल गर्छौं र निर्णयमा पुग्छौं,’ अध्यक्ष चन्दले भने ।

कोभिड महामारीको समयमा परिवारसँग समय बिताउन वाट्मोरले राजीनामा दिएको बताएका छन । उनको परिवार श्रीलंकामा छ । वाट्मोरले ओमान भ्रमणपछि उतैबाट श्रीलंका जान चाहेको अध्यक्ष चन्दले बताए ।

श्रीलंकालाई विश्वकप उपाधि दिलाएका प्रशिक्षक वाट्मोर ८ महिनाअघि मात्र खुलाप्रतिस्पर्धाबाट नेपाली टिमको मुख्य प्रशिक्षक बनेका थिए । उनको कार्यकाल अझै चार महिना बाँकी छ ।

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  ७ : १७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

पश्चिम नेपालका कम्युनिष्ट अगुवा बाबुराम गौतमको निधन

खजुरा । बाँकेका कम्युनिष्ट अगुवा तथा पूर्व प्रदेश सभा सदस्य

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)को

एयर पेस्तोल देखाई मार्ने धम्की दिने एक जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाई मार्ने

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

पेरिस । फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि