१५ चैत्र २०८२, आइतबार | March 29, 2026

काठमाडौं उपत्यकाको फोहोर आजबाट उठ्ने



काठमाडौं । काठमाडौंका सडकमा थुप्रिएको फोहोर आजबाट उठ्ने भएको छ । एक महिनादेखि थुप्र्रिको फोहोर आजबाट उठाउने सहमति बनेको छ । वर्षाले नुवाकोटको सिसडोलमा फोहोर फाल्न समस्या भएपछि सडकमै थुप्रिएको थियो ।

यससँगै स्थानीय बासिन्दाले पनि फोहोर विसर्जनमा अवरोध गरेका थिए । मंगलबार काठमाडौं महानगरपालिका र ल्यान्डफिल साइट (नुवाकोटको सिसडोल)का बासिन्दबीच सम्झौता भएसँगै अवरोध हट्ने भएको हो ।

काठमाडौं महानगरको वातावरण व्यवस्थापन विभाग र सिसडोलका स्थानीयबीच ९ बुँदे सहमति भएको छ । वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ, सिसडोल इञ्चार्ज सरकारदीप श्रेष्ठ, महानगरीय प्रहरी बृत्त बालाजुका इञ्चार्ज डीएसपी निर्मल बुढाथोकी र नुवाकोटको ककनी गाउँपालिका-१ का वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीबीच सहमति भएको हो ।

सहमितमा तीनपिप्ले-सिसडोल सडक तत्काल (१५ दिनभित्र) ग्राभेल गर्ने र कालोपत्रेका लागि लगत्तै टेन्डर प्रक्रियामा जाने सहमति बनेको छ । त्यस्तै, फोहोर ढुवानी गाडीहरुको लिचेड बक्सको व्यवस्था गर्ने तथा तीनपिप्ले-सिसडोल सडक खण्डमा पार्किङ गर्न र ओभरलोड ढुवानी गर्न नपाउने सहमति भएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  ७ : २५ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा