२ पुस २०८२, बुधबार | December 18, 2025

काठमाडौं उपत्यकाको फोहोर आजबाट उठ्ने



काठमाडौं । काठमाडौंका सडकमा थुप्रिएको फोहोर आजबाट उठ्ने भएको छ । एक महिनादेखि थुप्र्रिको फोहोर आजबाट उठाउने सहमति बनेको छ । वर्षाले नुवाकोटको सिसडोलमा फोहोर फाल्न समस्या भएपछि सडकमै थुप्रिएको थियो ।

यससँगै स्थानीय बासिन्दाले पनि फोहोर विसर्जनमा अवरोध गरेका थिए । मंगलबार काठमाडौं महानगरपालिका र ल्यान्डफिल साइट (नुवाकोटको सिसडोल)का बासिन्दबीच सम्झौता भएसँगै अवरोध हट्ने भएको हो ।

काठमाडौं महानगरको वातावरण व्यवस्थापन विभाग र सिसडोलका स्थानीयबीच ९ बुँदे सहमति भएको छ । वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ, सिसडोल इञ्चार्ज सरकारदीप श्रेष्ठ, महानगरीय प्रहरी बृत्त बालाजुका इञ्चार्ज डीएसपी निर्मल बुढाथोकी र नुवाकोटको ककनी गाउँपालिका-१ का वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीबीच सहमति भएको हो ।

सहमितमा तीनपिप्ले-सिसडोल सडक तत्काल (१५ दिनभित्र) ग्राभेल गर्ने र कालोपत्रेका लागि लगत्तै टेन्डर प्रक्रियामा जाने सहमति बनेको छ । त्यस्तै, फोहोर ढुवानी गाडीहरुको लिचेड बक्सको व्यवस्था गर्ने तथा तीनपिप्ले-सिसडोल सडक खण्डमा पार्किङ गर्न र ओभरलोड ढुवानी गर्न नपाउने सहमति भएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  ७ : २५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल