१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नेपाली कांग्रेसको वडा अधिवेशन भदौ २६ सम्म सकिने



काठमाडौं । नेपाली कांग्रेसले वडा अधिवेशन भदौ २६ गतेसम्म सक्नेभएको छ ।

कांग्रेसले सबै जिल्लामा भदौ १८ गते वडा अधिवेशन गर्ने कार्यतालिका बनाए पनि एकैसाथ सम्पन्न नहुने देखिएपछि २६ गतेसम्म सक्ने योजना बनाएको हो ।

क्रियाशील सदस्यताको सूची प्रकाशित हुन ढिलाइ भएका कारण कतिपय वडाको अधिवेशन प्रभावित भएको हो । भदौ २७ गते गाउँ र नगर अधिवेशन हुने भएका कारण त्यसअघि सबै वडाको अधिवेशन सक्ने कांग्रेसले अपेक्षा गरेको छ ।

क्रियाशील सदस्यता प्रकाशित भएलगत्तै अनुकुल समयमा अधिवेशन आयोजना गर्न जिल्ला कार्यसमितिलाई अधिकार दिइएको छ ।

हालसम्म ५६ जिल्लाका क्रियाशील सदस्यको सूची प्रकाशित भैसकेको छ । थप २१ जिल्लाले भने क्रियाशील सदस्यताको सूची नपाउँदा वडा अधिवेशनको मिति तय गर्न सकेका छैनन् ।

सूची प्रकाशित भएका जिल्लामा समेत सबैमा एकैपटक भदौ १८ मा वडा अधिवेशन नहुने भएको छ। दुई दिनअघि सूची प्रकाशित भएको बागलुङले भदौ २१ मा वडा अधिवेशन गर्ने भएको छ। ‘जिल्ला कार्यसमितिले तय गरेको मिति अनुसार वडा अधिवेशन भदौ २६ सम्म गर्दा हुन्छ’, केन्द्रीय सदस्य प्रदीप पौडेलले भने।

कांग्रेसले किस्ता किस्तामा नामावली प्रकाशित गर्दै आएको छ। नामावलीको सूची प्राप्त नहुँदा २१ जिल्लाले वडा तहको अधिवेशनको मिति तोक्न सकेका छैनन्।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  १२ : ०० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम