२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

सामाजिक र राष्ट्रिय एकता बलियो बनाउन रास्वपा सभापति लामिछानेले गरे कामना



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक र राष्ट्रिय एकता बलियो बनाउन तिहार, छठलगायत महत्वपूर्ण पर्वमार्फत टेवा पुगोस् भनी कामना गरेका छन् ।

दीपावली, नेपाल संवत् र छठ पर्वको उपलक्ष्यमा सामाजिक सञ्जालबाट आज शुभकामना दिँदै सभापति लामिछानेले परिवार, समाज र समुदायबीचको आपसी प्रेम, सद्भाव र एकतालाई थप सुदृढ बनाउन यी पर्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका हुने । उनले विविधताबीचको हाम्रो राष्ट्रिय एकतालाई अझ बलियो बनाउन सकोस् भनी कामना पनि गरेका छन् ।

“उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस् ।”, सभापति लामिछानेको सन्देशमा उल्लेख छ ।

यसै सन्दर्भमा, रास्वपा सभापति लामिछानेले राष्ट्रिय एकताको सन्देशसहित यस वर्षको ‘छठ’ पर्व मनाउन आफूहरु जनकपुरधामको गङ्गा सागरमा उपस्थित हुने जानकारी पनि दिएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  २ : १३ बजे

सामाजिक र राष्ट्रिय एकता बलियो बनाउन रास्वपा सभापति लामिछानेले गरे कामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ । तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको

प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

काठमाडौं । यमपञ्चकको दोस्रो दिन प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा

लक्ष्मीपूजामा विद्युत् माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान

काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग करिब

खाद्य स्वच्छता मापदण्ड पूरा गर्ने १७९ प्रतिष्ठानमा बुटवलको कस्तुरी मिष्ठान भण्डार

बुटवल । तिहार नजिकिँदै गर्दा मिठाईको माग र कारोबार बढेको