२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

काग्रेस १४ औं महाधिवेशन : बुटवल ११ नं वडामा खत्री र मल्ल भिड्दै



बुटवल । भदौ १८ गतेलाई तय भएको १४ औं महाधिवेशनसंगै उम्मेदवारी घोषणा शुरु भएको छ ।

बुटवल उपमहानगरपालिकाको सबैभन्दा ठूलो वडा ११ मा नेतृत्वका लागी जित बहादुर मल्ल र दुर्गा बहादुर खत्रीले घोषणा गरेका छन ।

वडामा निरन्तर एकलौटीमा नेतृत्व गर्दै आएका चित्र बहादुर वर्मा पक्षका दुर्गा बहादुर खत्रीका बिरुद्ध मल्ल उम्मेदवारी दिएका छन । बुधबार घोषणा सभा गरि खत्रीले एकल अध्यक्षको उम्मेदबारी घोषणा गरेका छन । आगामी जिल्ला सभापतिको उम्मेदवार मानिएका रामकृष्ण खाडको आशिर्वादमा खत्री चुनावीप्रचार अगाडि बढाएका छन । विहिबार उम्मेदवारी घोषणा तथा पत्रकार सम्मेलन आयोजना गरि अध्यक्षका उम्मेदवार जित बहादुर मल्लले नेपाली काग्रेस पार्टीको राष्ट्रियता, लोकतन्त्र र समाजवाद अवलम्बन गरि अघि बढ्ने प्रतिवद्घता जनाए ।

धेरै लामोसमयपछि महाधिवेसन हुन गैरहेको बेला नेपाली काग्रेसको वडास्तरमा गुठबन्दी रुपमा उम्मेदवारी घोषणा नभई पार्टीको नीति अनुसार गएको उनले दाबी गरे । काग्रेस कार्यकर्ताहरुको भावना अनुसार आफू अगाडि बढेको उनले बताए । वडामा अध्यक्षका आकाक्षीहरु नेत्र भट्टराई, मुक्ति प्रसाद भट्टराई, बालकृष्ण अर्याल जस्ता दिग्गज ब्यक्तिहरु सहमतिमा जान तयार हुदाहुदै एक्कासी घोषणा गरिएको उनले बताए। आफुहरुको गुठको भेला नभएर सबैलाई समेटेर अगाडि बढाउन खोजेको उनले दाबी गरे ।

कार्यक्रममा कदर बहादुर रिता रायमाझी विद्यालयका पुर्व अध्यक्ष तथा समाजसेवी कद्घर बहादुर रायमाझी, पुर्व सभापति भिम राना, युवा नेता प्रकाश राना, मुक्ति प्रसाद भट्टराई, लक्ष्मी गौतमले पार्टीमा नया र युवा नेतृत्व आवश्यकता र पार्टीलाई अब्बल बनाउने लक्ष्य अनुसार नया नेतृत्व अगाडि आएको बताए ।

अधेयक्ष पदमा कुल बहादुर केसी, सावित्रा टण्डन समेत गरि ७ जना उम्मेदवारका आकाक्षी रहेका छन । धेरै जनसंख्या रहेको वडाको निर्वाचनले ३० जना खुल्ला, आदिबासी जनजाती, महिलासहित ७५ जना क्षेत्रिय प्रतिनिधि चयन गर्ने छन । कुल ७ सय ५३ जना क्रियाशिल छन । रुपन्देही जिल्लामा १ सय ५५ वडा अध्यक्षमा चुन्दैछ ।

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  ८ : ४२ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज