७ श्रावण २०८३, बिहिबार | July 23, 2026

कांग्रेसमा देउवाविरुद्ध पौडेल समूह एक ढिक्का



काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले पार्टीको आगामी १४औं महाधिवेशनमा संस्थापन पक्षविरुद्ध एक ढिक्का हुने घोषणा गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल समूहले १४औं महाधिवेशनमा आफ्नो समूह एक भएर सहमतिमा हालका सभापति देउवाविरुद्ध उम्मेदवारी दिने घोषणा गरेको हो । कांग्रेस महाधिवेशनका लागि विधानले तोकेको सबैभन्दा तल्लो तहको अधिवेशन आज शुक्रबारबाट सुरु हुँदै छ ।

महाधिवेशनको प्रक्रिया सुरु हुने अघिल्लो दिन नै पौडेल समूहले देशभर नेता कार्यकर्ताबीच समूहमा एकता रहेको सन्देश दिन यस्तो घोषणा गरेको हो । समूहको नेतृत्व गर्दै आएका कांग्रेस वरिष्ठ नेता पौडेलले आफ्नो समूहबाट महाधिवेशनमा सहमतिबाट सभापतिको एकल उम्मेदवार तय हुने बताए ।
‘महाधिवेशनमा हामी सभापतिमा एउटै उम्मेदवार दिन्छौं, देशभरिका साथीहरूलाई म ढुक्क रहन आग्रह गर्छु, व्यक्तिका विषयमा छलफल गरेर निर्णय लिन्छौं,’ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले भने । ‘कसको नाममा सहमति हुन्छ त रु’ भन्ने पत्रकारहरूको जिज्ञासामा भने पौडेलले व्यक्तिका विषयमा पछि टुंगो लगाइने बताए ।

पत्रकार सम्मेलनमा आगामी महाधिवेशनमा सभापतिका आकांक्षी रहेका नेताहरू महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, नेत्री सुजाता कोइराला र गगन थापा सहभागी थिए ।

सभापतिको प्रतिस्पर्धामा आफू पनि उठ्ने बताउँदै आइरहेका नेता केसीले आफ्नो समूहको अठोट र संकल्पसहित कार्यक्रमको उपस्थितिले पनि सहमतिमा नै उम्मेदवार तय हुने अनुमान गर्न सकिने बताए ।

नेता गगन थापाले भने केही दिनअघि मात्रै आफू महामन्त्रीमा उठ्ने घोषणा गरिसकेका छन् । उनी यसअघि भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट १३ औं महाधिवेशनमा उम्मेदवार बनेका थिए । त्यसबखत भने उनी डा. शशांक कोइरालासँग पराजित भएका थिए ।

यसपटक भने उनले कुन समूहबाट आफू उम्मेदवार बन्ने मुख खोलेका छैनन् । तर, पौडेल समूहको पत्रकार सम्मेलनमा सहभागी भएका कारण उनी सोही समूहमा खुल्ने आँकलन गरिएको छ ।

वडा अधिवेशन सुरु हुनु अघिल्लो दिन कांग्रेसभित्रको पौडेल समूहले देशभरका नेता कार्यकर्ताहरूलाई उत्साह जगाउन पत्रकार सम्मेलनमार्फत समूहभित्र एकता रहेको सन्देश दिएको हो । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ७ : १३ बजे

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै