२० असार २०८३, शनिबार | July 4, 2026

दार्चुला घटनाको विरोधमा विद्यार्थीहरुद्वारा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन



काठमाडौं । दार्चुलाको तुइन घटना र नेपाली आकाशमा भारतीय हेलिकोप्टरको अनधिकृत उडानको विरोधमा विद्यार्थीहरुले काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् ।

शुक्रबार नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंका आरआर क्याम्पसअगाडि मोदीको पुत्ला जलाएको हो ।

गत साउन १५ गते तुइनबाट महाकाली नदी तर्नेक्रममा दार्चुलाको व्यास गाउँपालिका २ का जयसिंह धामी नदीमा खसेर वेपत्ता भएका थिए । भारतीय एसएसबीले तुइन काटिदिएका कारण धामी नदीमा वेपत्ता भएका थिए ।

तुइन घटनाको छानविन गर्न गठिन समितिले पनि एसएसबीकै उपस्थितिमा तुइन काटिएको उल्लेख गरेको थियो । गृहमन्त्रालयले भारत सरकारसँग कुरा गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको छ । तर, सरकारले अहिलेसम्म भारतसँग औपचारिक कुरा गरेकै छैन । गठबन्धनका सहयात्री दलहरुले गठनबन्धनको बैठकमा यसबारेमा सरकारको औपचारिक धारणा मागिसकेका छन् ।

यता तुइन घटनापछि भारतले दार्चुलाको नेपाली आकाशमाथि निरन्तर अनधिकृत रुपमा हेलिकोप्टर उडान गर्दैआएको छ । नेपाली सेनाको व्यारेकमाथिबाटै उडान गर्न थालेपछि दार्चुला प्रशासनले भारतसँग लिखित आपत्ति जनाएको छ । तर, भारतीय उडान भने रोकिएको छैन । जबकी वेपत्ता धामीको खोजी गर्न नेपालले महाकाली नदीमाथि ड्रोन उडान खोज्दा भारतले अवरोध गरेको थियो ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ३ : ५५ बजे

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने