११ बैशाख २०८१, मंगलबार | April 23, 2024

दार्चुला घटनाको विरोधमा विद्यार्थीहरुद्वारा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन



काठमाडौं । दार्चुलाको तुइन घटना र नेपाली आकाशमा भारतीय हेलिकोप्टरको अनधिकृत उडानको विरोधमा विद्यार्थीहरुले काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् ।

शुक्रबार नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंका आरआर क्याम्पसअगाडि मोदीको पुत्ला जलाएको हो ।

गत साउन १५ गते तुइनबाट महाकाली नदी तर्नेक्रममा दार्चुलाको व्यास गाउँपालिका २ का जयसिंह धामी नदीमा खसेर वेपत्ता भएका थिए । भारतीय एसएसबीले तुइन काटिदिएका कारण धामी नदीमा वेपत्ता भएका थिए ।

तुइन घटनाको छानविन गर्न गठिन समितिले पनि एसएसबीकै उपस्थितिमा तुइन काटिएको उल्लेख गरेको थियो । गृहमन्त्रालयले भारत सरकारसँग कुरा गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको छ । तर, सरकारले अहिलेसम्म भारतसँग औपचारिक कुरा गरेकै छैन । गठबन्धनका सहयात्री दलहरुले गठनबन्धनको बैठकमा यसबारेमा सरकारको औपचारिक धारणा मागिसकेका छन् ।

यता तुइन घटनापछि भारतले दार्चुलाको नेपाली आकाशमाथि निरन्तर अनधिकृत रुपमा हेलिकोप्टर उडान गर्दैआएको छ । नेपाली सेनाको व्यारेकमाथिबाटै उडान गर्न थालेपछि दार्चुला प्रशासनले भारतसँग लिखित आपत्ति जनाएको छ । तर, भारतीय उडान भने रोकिएको छैन । जबकी वेपत्ता धामीको खोजी गर्न नेपालले महाकाली नदीमाथि ड्रोन उडान खोज्दा भारतले अवरोध गरेको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ३ : ५५ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम