४ पुस २०८२, शुक्रबार | December 20, 2025

तरकारीको मूल्य एक सातामै १ सय ७४ प्रतिशतसम्म बढ्यो



काठमाडौं । हरियो तरकारीको मूल्य साता दिनमै १ सय ७४ प्रतिशत सम्मले बढेको छ । केही दिनअघि लगातार रूपमा परेको वर्षाका कारण किसानले लगाएको तरकारी बाली नष्ट भएपछि मूल्य बढेको बताइएको छ ।

भिन्डी, लौका, घिउसिमी, स्थानिय काउली, घिरौंला, चिचिन्डो, भन्टा, करेलालगायत हरियो तरकारीको मूल्य बढेको पाइएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार १ साताअघि प्रतिकिलो २० रुपैयाँ रहेको घिरौंलाको मूल्य शनिवारसम्ममा १ सय ७४ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ ।

यसअघि २५ रुपैयाँ प्रतिकिलो रहेको तितेकरेलाको मूल्य अहिले १ सय २३ प्रतिशतले वृद्धि हुँदै ५५ रुपैयाँ प्रतिकिलो कायम भएको छ । भिन्डीको मूल्य १ सय २० प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ३० रुपैयाँबाट ६६ रुपैयाँ निर्धारण भएको छ ।

त्यसैगरी घिउसिमिको मूल्य पनि १ सय १० प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ५५ रुपैयाँबाट १ सय १५ रुपैयाँ भएको छ । लाम्चो भन्टाको मूल्य १ सय प्रतिशतलले वृद्धि भई प्रतिकिलो २५ रुपैयाँबाट ५० रुपैयाँ कायम भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यले लगातार भएको वर्षात्का कारण किसानले लगाएको तरकारीबाली बारीमै कुहिएर नष्ट भएपछि तरकारीको मूल्य एक्कासि बढेको बताए ।

नेपाली उत्पादन बारीमै नष्ट भएर मूल्य बढ्न थालेपछि व्यापारीहरूले भारतबाट तरकारीको आयात बढाएको उनले जानकारी दिए । उनका अनुसार भारतबाट तरकारी आउने क्रम शुरू भइसकेकाले विस्तारै फेरि मूल्य घटेर पुरानै स्थितिमा फर्किनेछ ।

दैनिक ८ सय देखि ९ सय टन तरकारी भित्रिने कालीमाटी बजारमा वर्षाका कारण तरकारी बारीमै कुहिन थालेपछि घटेर दैनिक ३ सय टनसम्म झरेको थियो । १२, १३ र १४ गते सबैभन्दा कम परिमाण तरकारी भित्रिएको थियो । यी दिनमा क्रमशः ५ सय, ३ सय र ४ सय टन तरकारी कालीमाटीमा भित्रिएको समितिको दैनिक तरकारी आगमन विवरणले देखाएको छ । त्यसयता तरकारी भित्रिने दर पुरानै अवस्थामा फर्किसकेको भए पनि तरकारीको मूल्य भने घटेको पाइँदैन । आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  ६ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको