२१ जेष्ठ २०८३, बिहिबार | June 5, 2026

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ (सीएनआई)ले स्वागत गरेको छ ।

उत्पादनमुलक तथा सेवामुलक उद्योगको प्रतिनिधिमुलक संस्था परिसंघले निरन्तर रुपमा दिँदै आएका सुझाव कार्यान्वयनलाई नवगठित सरकारले प्राथमिकतामा राखेकामा खुसी व्यक्त गरेको हो । सुशासन कायम तथा भ्रष्टाचार अन्त्यको आम चाहनालाई सरकारले उच्च प्राथमिकतामा राख्दै मुलुकलाई यसतर्फ लैजाने विश्वास परिसंघको छ ।

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, क्षतिपूर्ती ऐन, कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, नेपाल एजेन्सी ऐनलगायतका कानुन खारेज गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको परिसंघको टिप्पणी छ । यसैगरी राजस्व अनुसन्धान विभाग खारेज गर्ने निर्णयको पनि परिसंघले स्वागत गरेको छ ।

सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल, एकद्वार र अन्तरआबद्ध प्रणालीमा रूपान्तरण गर्ने, सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने निर्णयलाई परिसंघले समर्थन गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ५ : ४९ बजे

संयोजक थापाले बुझाए ‘इपिजी प्रतिवेदन’ राखिएको दराजको साँचो

काठमाडौँ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नेपालतर्फका संयोजक

भारतीय वायुसेवा कम्पनीलाई गौतमबुद्ध विमानस्थलबाट उडान गर्न आग्रह

भैरहवा । नेपाल र भारतबीचको आर्थिक, व्यापारिक तथा लगानी सहकार्यलाई

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा यादव र भण्डारीसँग सुझाव सङ्कलन

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

तातो लहरसम्बन्धी विशेष बुलेटिन : १४ जिल्लामा सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन वा

बजेटअघि आयात गरिएका “बीवाईडी” गाडीबारे साइमेक्सको स्पष्टिकरण, ‘सबै प्रक्रिया कानुनअनुसार’

काठमाडौं । नेपालमा “बीवाईडी” विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्क