१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

होसियार ! अनलाइनबाट ठग्ने बढ्दै छन्



काठमाडौं ।

घटना १
४० वर्षीया रीता हमाल ‘नाम परिवर्तन’ अहिले निकै तनावमा छिन् । एकजना भारतीय नागरिकलाई ‘अनलाइन’ मा विश्वास गरेबापत उनी ‘डिप्रेसन’ मा गइसकेकी छिन् । आफ्नो खाता प्रयोग गरेर अरू कसैले ९५ लाख रुपैयाँभन्दा बढी ‘ठगी’ कारोबार गरेपछि रीता मानसिक तनावमा परेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनको भारतमा बस्ने एक युवकसँग चिनजान भयो। उनले नेपाल र भारतमा चल्ने एटीएम आवश्यक परेकाले सहयोग गर्न महिलालाई आग्रह गरे । महिलाले पनि विश्वास गर्दै आफ्नो खाता नम्बर र एटीएम कुरियर गरेर भारतमा पठाइन् । युवकले महिलाको खाता र एटीएम प्रयोग गरेर विभिन्न मानिसहरूलाई ठगी गर्न थाले । महिलालाई समस्या तब आयो, जब खातामा पैसा पठाएका पीडितहरूले उनलाई खोजी गर्न थाले । पैसा माग्दै सम्पर्क गर्न थाले ।

बैंक खातामा अस्वाभाविक रूपमा कारोबार भइरहेको भन्दै प्रहरीले उनलाई सचेत गराएको थियो । उनको विरुद्ध प्रहरीमा उजुरी आउन थालेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार करिब ६र७ महिनामा उनको खातामा ९५ लाख बराबरको रकम अनाधिकृत कारोबार भएको देखिन्छ ।

घटना २
बागलुङ स्थायी घर भई भक्तपुरको सूर्यविनायकस्थित रोज भिलेज कोलोनीमा बस्ने २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसीलाई महाशाखाको टोलीले गत वर्ष साउन ९ गते बुटवलबाट पक्राउ गर्‍यो । ती युवतीले सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत युवाहरूसँग नजिक हुने र बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेकी थिइन् । उनीहरूले आफूहरू अमेरिकाको क्यालिफोर्निया बस्ने भन्दै युवाहरूसँग सम्बन्ध बढाउने गरेकी थिइन् । उनीहरूले युवाहरूबाट ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।

घटना ३
आफूलाई नेदरल्याण्डको नागरिक बताउने एक व्यक्तिले फेसबुकबाट विभिन्न युवतीहरूलाई ठगी गरेका थिए । आफू नेपाल घुम्न आउने, विवाह गर्ने र बहुमूल्य सामानहरू आइफोन, सुनका गरगहना तथा डलरसमेत पठाइदिने प्रलोभन देखाएर उनले ४१ लाखभन्दा बढी रकम ठगी गरे ।

उनले युवती तथा महिलालाई नेपालमा दीपक किशोर श्रेष्ठ र सन्तोष श्रेष्ठको नामको बैंक खातामा र आईएमई गरेर रकम जम्मा गर्न लगाउँथे । ठगिएका पीडितहरूले प्रहरीमा जाहेरी दिएपछि अनुसन्धानका क्रममा काठमाडौंको सुन्धाराबाट सन्तोष श्रेष्ठ र आशा श्रेष्ठ पक्राउ परे ।

जापानको अध्यागमन विभागमा काम गर्ने जापानी नागरिक भएको भन्दै फेसबुकमार्फत एक जनाले विभिन्न व्यक्तिबाट ३९ लाख बढी रकम ठगी गरेका थिए । उनले जापानमा कामदार भिसा दिलाइदिने भन्दै पैसा जम्मा गर्न लगाउँथे । अपराध महाशाखाको टोलीले ठगी कार्यमा संलग्न शुभद्रा परियार, पूजा राई, राजेन्द्र ढकाल र दिपिका केसीलाई पक्राउ गर्‍यो ।

यी केही उदाहरण मात्रै हुन् । अनलाइन तथा सामाजिक सञ्जालमार्फत ठगी गर्नेहरूको संख्या बढ्दो छ । सामाजिक सञ्जालमा साथी बनाउने, फाइदा हुन्छ भनेर भ्रममा पार्ने र ‘इमोनसनल ब्ल्याकमेलिङ’ गर्ने कार्य तीव्र बढेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा अजवी पौड्यालले यो समाचार लेखेकी छिन ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ७ : २२ बजे

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट