६ पुस २०८२, आइतबार | December 21, 2025

बाढीले काठमाडौं उपत्यकाका चार सय घर डुवानमा, साढे दुई सयको उद्धार



काठमाडौं । आइतबार रातिबाट परेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले साढे दुई सय बढीको सकुशल उद्धार गरेको छ । बाढीबाट प्रभावित उनीहरूको राति नै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

करिब चार सय घर डुवानमा परेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । राठौरका अनुसार उद्धार गरिएकामा काठमाडौंबाट दुई सय ३५ र ललितपुरबाट १५ जना रहेका छन् ।

मनोहरा खोला किनारमा रहेको मूलपानीको बस्ती, काँडाघारी र बल्खु क्षेत्रबाट उद्धार गरिएको राठौरले जानकारी दिए । अन्य ठाउँमा डुबानको समस्या हटेको र मनोहरा खोला किनारामा उद्धार भइरहेको उनले बताए ।

वर्षाका कारण खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेका छन् । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो ।

गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ। डुबानबाट मानवीय र भौतिक क्षति भएको छैन ।

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ९ : २० बजे

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा