७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

बर्दियाको बाँसगढीमा नि-शुल्क आँखा शिविर, ५१ जनामा मोतियाबिन्दु



बर्दिया । चौधरी फाउण्डेसनको आयोजनामा बर्दियाको बाँसगढीमा आँखा शिविर संचालन गरिएको छ । फत्तेवाल आँखा अस्पताल बाँकेको सहकार्य र बाँसगढी नगरपालिकाको समन्वयमा आईतबार एक दिने निशुल्क आखा शिविर संचालन भएको हो ।

नगरपालिकाको वडा नं. ५ स्थित मोतिपुर स्वास्थ्य चौकीमा गरिएको आँखा शिविर कार्यक्रमको बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिक राम अधिकारीले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै ब्यवसायिक हितसंगै सामाजिक कार्यमा चौधरी घरानाले गरेको योगदानको प्रशंसा गरे ।

चौधरी गू्रपका प्रदेश प्रशासक देवराज ढुङ्गानाले शिविरमा ३ सय २२ जना आँखाका बिरामीले सेवा लिएको जानकारी दिए । जाँचमा आएकामध्ये ५१ जनामा मोतिबिन्दु देखिएकाले बिरामीहरुलाई आँखाको थप उपचारका लागि फत्तेवाल आँखा अस्पताल बाँकेमा रिफर गरिएको उनले बताए ।

कार्यक्रममा मोतिपुर स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत बल बहादुर चौधरी, बाँसगढी न.पा. कार्यकारी प्रमुख पुरुषोतम देवकोटा, स्वास्थ्य शाखा प्रमुख गिता घिमिरे, इलाका प्रहरी प्रमुख विरेन्द्र सिह थापा, चौधरी ग्रुप फुड इण्डष्ट्रिज बर्दियाका प्रशासन प्रमुख लिला श्रेष्ठले मानव स्वस्थ्य सबैभन्दा ठुलो धन भएको भन्दै रोग लाग्नुभन्दा पहिले नै यसबाट बच्नु र सावधानी अप्नाउनुपर्ने बताए ।

यसअघि फाउण्डेसनले कोभिड रोकथामका लागि अक्सिजन मेशिन समेत उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १ : ०७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल