१६ चैत्र २०८२, सोमबार | March 30, 2026

पुल निर्माणमा ढिलाइले गैँडाटारबासीलाई सास्ती



रौतहट । शुक्रबार बाढीका कारण समयमा चन्द्रपुरस्थित अस्पतालमा ल्याउन नपाउँदा गैँडाटारका ४० वर्षीय हर्कबहादुर वाइवाको ज्यान गयो । उनी खोला तर्न नसक्दा दुई घण्टा किनारमा रोकिएका थिए ।

खोला घटेपछि अस्पताल पुर्‍याउँदा ‘डाक्टरले ढिलो अस्पताल ल्याउनुभयो बचाउन सकिएन’ भन्ने जबाफ दिए ।

घरमा काम गरिरहेका वाइवाको एक्कासि टाउको दुखेपछि आफन्तले अस्पताल लगेका थिए तर तीन किलोमिटर टाढा रहेको अस्पताल पुग्न दुई घण्टाभन्दा बढी समय लाग्यो । गत वर्ष पनि खोला तर्ने क्रममा एक जनाको ज्यान भएको थियो ।

बर्सेनि बाढीको बेला गैँडाटारबासीले चन्द्रनिगाहपुर आउन निकै सास्ती खेप्नुपर्छ । चन्द्रपुर नगरपालिकाको गैँडाटारस्थित चादी खोलाको पुल समयमा निर्माण नहुँदा स्थानीयले सास्ती भोग्दै आएका हुन् ।

दुई वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने उक्त पुलको काम आधा मात्र सकिएको छ । ठेकेदारले एक वर्षअघिदेखि काम गरेको छैन । त्यसपछि गैँडाटारबासीले संघर्ष समिति नै बनाए । पुल नहुँदा गैँडाटारबासी वर्षौंदेखि पीडित छन् ।

बर्खाको बेला सो खोला तर्दा मानिस बगाउने गरेको छ । बिरामी, सुत्केरी लिएर चन्द्रपुरमा रहेको स्वास्थ्य संस्था आउजाउ गर्न नै उनीहरू बाढी कहिले घट्ला र जाऊँला भनेर कुरेर बस्न बाध्य भएका छन् ।

स्थानीय युवा उपेन्द्र गोले भन्छन्, ‘पुल नबनेकाले स्थानीयले धेरै दुःख पाउँदै आएका छन् ।’ खोलामा बाढी आउँदा चन्द्रनिगाहपुरमा बजार आउन, पढ्न, उपचार गर्न, किनमेल गर्न, नगरपालिकाको केन्द्रमा आउन, सरकारी कार्यालयमा आउन-जान जोखिम छ ।

पुल नबन्दा दूध, तरकारी, अन्नहरू बिक्रीका लागि बजार ल्याउन किसानलाई समस्या छ । यस वर्ष झण्डै एक महिनादेखि सो खोलामा बाढी आइरहेको छ । बाढी आएपछि एम्बुलेन्ससमेत आउजाउ हुन सक्दैन । मोटरसाइकल, अटो, टेम्पो, ई-रिक्सा वारिको वारि, पारिको पारि नै रोकिन बाध्य छन् ।

चन्द्रपुर नपा- ३ गैँडाटारका वडा अध्यक्ष बोधनाथ देवकोटाले पुल बनाउने ठेकेदार, सडक कार्यालयलाई पटक पटक ताकेता गरेको तर के कारणले ढिलाइ भएको हो भनेर बुझ्न नसकेको बताउँछन् ।

गैँडाटार पुल निर्माण संघर्ष समितिका संयोजक लालबहादुर दोङले ठेकेदारको लापर्बाहीले पुल निर्माणमा ढिलाइ हुँदा धेरै समस्या भएको बताउँदै नगरपालिका, संघीय, प्रदेश सांसदहरू, सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएको बताए । पुल चाँडै निर्माण गर्ने विषयमा सडक डिभिजन कार्यालय र संघर्ष समितिबीच छलफलसमेत भएको छ ।

डिभिजन सडक कार्यालय चन्द्रपुरका प्रमुख नरेशप्रसाद केशरीले पुल निर्माणमा ढिलाइ भएको बताउँदै, सम्पन्न गर्न कात्तिक महिनाभित्र सबै सामग्री व्यवस्था गर्न ठेकेदारले प्रतिवद्धता व्यक्त गरेको जनाएका छन् । काम नगरे निर्माण कम्पनीविरुद्ध कानुनी प्रक्रियामा जानेसमेत प्रमुख केशरीको भनाइ छ ।

ठेकेदार दयारामप्रसाद साहले ३० कात्तिकभित्र दुईवटा स्पान ढलान सम्पन्न गर्ने र बाँकी चारवटा स्पानको ढलान गर्नका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू निर्माणस्थलमा व्यवस्था गर्ने बताएका छन् ।

पहिले गरेको कामको भुक्तानी ढिलो भएकाले केही समस्या भएको समेत ठेकेदार साहको भनाइ छ । उनले भने, ‘बर्षा सकिएपछि कामले गति लिन्छ ।’

चन्द्रनिगाहपुर-गैँडाटार जोड्ने पुलको २०७३ पुसमा शिलान्यास गरिएको थियो । पुल बनाउन पप्पु शिवशंकर जेभीले २२ करोड ४४ लाख रुपैयाँमा ठेक्का लिएका थिए । साढे सात मिटर चौडाइ रहेको उक्त पुलको लम्बाइ ४६९ मिटर रहेको छ । ११ वटा स्पाम रहेको पुल २०७६ असारमा सम्पन्न गर्ने सम्झौता थियो ।

पुलको हालसम्म ५० प्रतिशत मात्र काम सम्पन्न भएको डिभिजन सडक कार्यालय चन्द्रपुरले जनाएको छ ।

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ९ : १९ बजे

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली