१६ चैत्र २०८२, सोमबार | March 30, 2026

सी डिभिजन लिग छनोट : खेल मिलेमतोको आशंका



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने तल्लो डिभिजनको लिगमा ‘म्याच फिक्सिङ’ (खेल मिलेमतो) को आरोप लागेको छ ।

हाल सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा चलिरहेको सी डिभिजन छनोट खेलमा सहभागी शुभारम्भ युवा समाज, कल्लेरी धादिङले खेल मिलेमतोको आरोप लगाएको हो ।

समूह ‘एफ’ मा रहेको शुभारम्भ युवा समाजले सोहि समूहका इमाडोल युवा क्लब र लगनशील युवा क्लब धादिङबीचको खेलमा मिलेमतो भएको आरोप लगाएको हो । इमाडोल र लगनशील युवा क्लब धादिङबीच आइतबार खेल भएको थियो । अन्तिम खेलमा इमाडोल ३–१ गोल अन्तरले विजयी भएको थियो ।

अन्तिम खेलसँगै इमाडोल र शुभारम्भ युवा समाजको समान २ खेलबाट ४ अंक रहँदा दुबै खेलमा पराजित लगनशील युवा क्लब, धादिङ बिना कुनै अंक तालिकाको पुछारमा रहेको थियो ।

इमाडोल र शुभारम्भले १-१ गोल गर्दै अंक बाडेका थिए । यता, शुभारम्भले लगनशीललाई १–० गोल अन्तरले पराजित गरेको थियो । इमाडोलले समेत लगनशीलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

एन्फाले आयोजना गरेको तल्लो डिभिजनको यस लिगमा देशभरबाट ६८ क्लबको सहभागीता रहेको छ । ६८ क्लबलाई २६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता टोली दोस्रो चरणको नकआउट समूहमा स्थान बनाउनेछन् ।

समूह ‘एफ’ बाट समान अंक भए पनि गोल अन्तरका आधारमा शुभारम्भलाई पछाडि पार्दै इमाडोल युवा क्लबले नक आउट चरणमा स्थान बनायो । यता, समान अंक भए पनि शुभारम्भ युवा क्लब गोल अन्तरमा पछि पर्दै लिगबाट बाहिरियो ।

लिगबाट बाहिरिएसँगै शुभारम्भ युवा समाजले २० गते भएको खेलमा लगनशीनले इमाडोललाई जिताउन भूमिका खेलको भन्दै मिलेमतोको आरोप लगाएको हो । शुभारम्भले आफूलाई लिगबाट आउट गराउन लगनशीलले मिलेमतो गरेको आरोप लगाएको छ ।

‘शुभारम्भ युवा समाज धादिङ गल्छि सहभागी भएको समूह एफ अन्तर्गत २० गते इमाडोल र लगनशील धादिङबीचको खेलमा मिलेमतो भएको भन्ने सूचना आएकाले भदौ २१ गते एन्फामा छानविन गरि सत्य तथ्य बाहिर ल्याउन अनुरोधसहित निवेदन पेश गरेका छौं,’ शुभारम्भ युवा समाज धादिङका अध्यक्ष सुदन खतिवडाले हस्ताक्षर गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ ।

यस्तै क्लबले आरोपित क्लबका खेलाडी र पदाधिकारीबीच पटक-पटक फोन सम्पर्क भएकाले टेलिफोन डिटेल्सको आधारमा निष्पक्ष छानबिनका लागि एन्फा समक्ष माग गरेको छ ।

‘खेल सुरुहुनु अघि माथि उल्लेख गरिएका क्बलहरूका पदाधिकारी र खेलाडीहरूबीच पटक-पटक फोन सम्पर्क भएको खबर प्राप्त भएकाले टेलिफोन डिटेल्सको आधारमा निष्पक्ष छानविन होस् भन्ने हाम्रो जाडदार माग छ,’ क्लबले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ ।

शुभारम्भ युवा समाजका ब्यवस्थापक सन्दिपप्रसाद घिमिरेले म्याच फिक्सिङ भएकोमा दुई मत नरहेको दाबी गरे ।

इमाडोलका प्रशिक्षकले बेन्चमा बसेर म्याच फिक्सिङका कुरा गरेको आफ्नो टिमका अफिसियलले सुनेको घिमिरेको दाबी छ । उनले म्याच फिक्सिङकै कारण गोलरक्षकसमेत परिवर्तन गरेको र दोस्रो हाफमा ब्यवसायीक रुपमा आरोपबाट बच्न १८ मिनेटभित्र ३ गोल गरेको समेत बताए ।

यता, आरोपित इमाडोल युवा क्लबका अध्यक्ष सुवर्ण सुवेदीले आफूहरूमाथिको आरोप झुटा भएको बताएका छन् । उनले आरोप पुष्टि गर्न चेतावनी दिएका छन् । आरोप पुष्टि नभए अवहेलना मुद्धा हाल्ने उनको चेतावनी छ ।

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ७ : ३५ बजे

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली