७ श्रावण २०८३, बिहिबार | July 23, 2026

काठमाडौं उपत्यकामा ‘रेकर्ड ब्रेक वर्षा’ कसरी भयाे ?



काठमाडौं उपत्यकामा सोमबार बिहान १ बजेदेखि ८ बजेर ४५ मिनेटबीचको समयमा १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको छ ।

मौसमविद्ले यसलाई रेकर्ड ब्रेक वर्षा भनेका छन् । सेप्टेम्बर महिनामा काठमाडौंमा सरदर १ सय ९९ दशमलब ८ मिलिमिटर वर्षा हुन्छ तर यसपटक एकै दिन १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको छ । ‘यो भनेको ऐतिहासिक वर्षा हो । यस्तो वर्षा बिरलै हुन्छ’, वरिष्ठ मौसमविद् निराजन सापकोटाले भने । काठमाडौंमा यसअघि २००८ को सेप्टेम्बर १२ मा ८४ दशमलब ३ मिलिमिटर वर्षा भएको थियो। सेप्टेम्बर मनसुन कम्जोर हुँदै अन्त्य हुने महिना हो ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावासँग स्थानीय तहबाट विकसित भएको वायु मिसिएपछि भारी मात्रामा वर्षा भएको मौमसविद्ले जनाएका छन् ।

सोमबार बिहान मेघ गर्जनसहित वर्षा भएको थियो । मनसुन सुरु हुने बेला र सकिने बेला चट्याङ पर्ने र हावाहुरी आउने मौसमविद् बताउँछन् । एउटा मनसुन प्रणाली सकिएर अर्को मनसुन प्रणाली सुरु हुँदा पनि चट्याङ पर्ने गर्छ । आइतबार रातिबाट नयाँ मनसुन प्रणाली सुरु भएको मौसमविद्को भनाइ छ ।

भारी मात्रामा वर्षा हुँदा काठमाडौंका नदी खोलामा सोमबार बिहान बाढी आयो । ‘काठमाडौंको जमिनले पानी सोस्न भ्याएन’, वरिष्ठ मौसमविद् सापकोटाले भने, ‘त्यसपछि पानी ओभर फ्लो भई बाढी आयो ।’ काठमाडौंको अधिकांश भूभाग घरले ढाकेको, बाँकी भाग पनि पिच सडक तथा ढलान गरिएको हुँदा जमिनले पानी सोस्न नसकेको वातावरणविद्हरूको तर्क छ । आजको नागरिक दैनिकमा भुवन शर्माले यो समाचार लेखेका छन ।

 

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ७ : ४१ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट