२५ माघ २०८२, आइतबार | February 8, 2026

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड



काठमाडौं । भाद्र कृष्ण औँसीका दिन अर्थात् बाबुको मुख हेर्ने दिन आज गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा मेला लागेको छ ।

टाढा-टाढाबाट आएका भक्तजनलाई दर्शन गर्न दिइएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका-का अध्यक्ष श्रीकुमार श्रेष्ठले राससलाई जानकारी दिए ।

सङ्क्रमणका कारण मेला स्थगन गर्ने निर्णय गरिए पनि सबै क्षेत्र खुलेको सूचनाले सोमबारदेखि नै टाढा-टाढाबाट भक्तजन आएका थिए ।

सोमबारदेखि नै मेला स्थगन गर्ने तयारी गरिए पनि गोकर्णेश्वर महादेव मन्दिर छिर्ने सबै नाकामा भक्तजनको भीड बढेपछि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पितृप्रति श्रद्धा प्रकट गर्न दिइएको उनले बताए ।

बिहान ४ बजेदेखि एक घण्टासम्म प्रहरीले सुरक्षा दिई भक्तजन फर्काउने प्रयास गरेको थियो । प्रयास असफल भएपछि स्वास्थ्य सुरक्षामा असर नगर्ने गरी भक्तजनलाई मन्दिर दर्शन गर्न दिइएको छ ।

दूरी कायम गर्न भीड बढ्न नदिन मन्दिर छिर्ने सबै नाकामा धेरै सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । कोरोना जोखिमकाबीच मेला चलाउँदा स्थानीयस्तरमा रोगको सङ्क्रमण बढ्न सक्ने जोखिम भएकाले सजगता अपनाएर मेला चलाइएको हो । भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । ठाउँ-ठाउँमा स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

बाबु दिवङ्गत भइसकेकाका सन्तति भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर आई तर्पण, सिदादान र पिण्डदान गरी सम्झना गर्ने परम्परा छ ।

आजका दिन गोकर्ण आई श्राद्ध गरेमा २१ कुलसम्मका पितृले मुक्ति पाउँछन् भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा।डा। रामचन्द्र गौतमले बताए । पितृ तीर्थधामका नामले समेत परिचित गोकर्णेश्वरमा प्रत्येक वर्ष आजका दिन लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  १० : ३५ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको