१६ चैत्र २०८२, सोमबार | March 30, 2026

नयाँ दल दर्ताको गृहकार्यमा प्रभु साह



काठमाडौं । पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा जुटेका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रदेश २ अध्यक्षका रूपमा सक्रिय थिए ।

नेकपामा विवादपछि उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै उनको सरकारमा मन्त्रीसमेत बनेका थिए । तर, सर्वोच्च अदालतको फैसलापश्चात एमाले ब्युँतिएपछि यथास्थितिवादी भन्दै एमालेलाई स्वीकार नगरी उनी क्रान्तिकारीहरूको ध्रुवीकरणमा लागेका छन् ।

नेकपा विघटन भएदेखि नै पूर्वमन्त्री साहले नेकपा एमाले नभई नेकपाकै निरन्तरताका रूपमा अगाडि बढ्नुपर्ने, माओवादी पक्षलाई सहअस्तित्वका रूपमा स्वीकार्नुपर्ने, नेकपाले अवलम्बन गरेकै विचारलाई पार्टीको विचार मान्नुपर्नेजस्ता माग राखेर यथास्थितिमा एमाले स्वीकार्न नसक्ने स्पष्ट पारिसकेका छन् ।

तर, अध्यक्ष ओली यथास्थितिमै बस्न खोजेको आरोप लगाउँदै पूर्वमन्त्री साह क्रान्तिकारीहरूको ध्रुवीकरण गर्दै देशलाई स्थायित्व दिने दिशामा अगाडि बढ्न नयाँ दल दर्ताको अभियानमा जुटेका छन् ।

पूर्वमन्त्री साह अहिले क्रान्तिकारी ध्रुवीकरणमा केन्द्रित भएको उनीनिकट एक नेताले बताए । ‘उहाँ लगातार कम्युनिस्ट एकताका लागि लड्दै आउनुभएको नेता हो । माओवादीमा हुँदा होस् चाहे नेकपामा, उहाँ निरन्तर पार्टी एकताको स्पिरिटमा काम गर्नुभएको तपाईं हामी सबैले देखेका छौं । सबै नेताहरू पदकै लागि एकता भाँडिरहेको बेला उहाँले प्रदेश अध्यक्षबाट राजीनामा समेत दिनुभएको थियो,’ ती नेताले भने, ‘देशमा राजनीतिक संकट गहिरिँदै गएको र उपलब्धि गुम्ने खतरा बढदै गएकाले क्रान्तिकारीहरूको ध्रुवीकरण आजको आवश्यकता बनेको छ । र उहाँ अहिले त्यही दिशामा केन्द्रित हुनुभएको छ ।’

तर, नेकपा एमालेले भने पूर्वमन्त्री साहको एकता अभियानलाई सहज रूपमा लिएको छैन । एमालेका एक स्थायी कमिटी सदस्यले पूर्वमन्त्री साहले पार्टी छोडेर जाँदा पनि आफूहरूलाई फरक नपर्ने बताए । पूर्वमन्त्री साहले अहिलेसम्म एमाले नस्वीकारेकाले उनको अभियान व्यक्तिगत भएको ती स्थायी कमिटी सदस्यले जिकिर गरे ।

‘अदालतले हामीलाई एमाले बन्न भन्यो, हामी बन्यौं । कसैलाई एमालेमा बस्न मन लागेन भने पार्टी छोडे पनि हामीलाई केही फरक पर्दैन,’ ती सदस्यले भने, ‘उहाँले अहिलेसम्म एमाले स्वीकारेकै होइन । उहाँले जेसुकै गरे पनि त्यो उहाँको नितान्त व्यक्तिगत विषय हो ।’ आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ६ : ४२ बजे

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

प्रधानमन्त्री बालेन्द्रद्वारा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सांसदहरुसँग छलफल सुरु गरेका

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा