६ पुस २०८२, आइतबार | December 21, 2025

बालिका बलात्कारको आरोपमा नौ जना युवक पक्राउ



सुर्खेत । सुर्खेतमा १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नौ जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय, बाबियाचौरले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बलात्कारको आरोपमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, खगेन्द्र भनिने शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाहीलाई पक्राउ गरिएको बताए ।

बलात्कृत बालिकाको चिकित्सकीय परीक्षण गर्दा पोजेटिभ देखाएको उनले बताए । पञ्चपुरी नगरपालिका सुर्खेतमा बस्दै आएकी किशोरीले आफूलाई पटक-पटक विभिन्न व्यक्तिबाट ठाउँठाउँमा बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा सोमबार उजुरी दिएपछि उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिप्रका सुर्खेतका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कनक शाहीले बाबुको मृत्यु भइसकेको र आमाले छोडेर अर्कैसँग विवाह गरेपछि मामाघरमा बस्न आएकी किशोरीमाथि बलात्कार भएको बताए ।

उनका अनुसार मुद्दा दर्तापछि किशोरी आफैँले बलात्कार गर्नेलाई पहिचान गराउँदै इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरीक्षक टेकबहादुर देउवामार्फत नियन्त्रण लिन लगाएकी थिइन् ।

बलात्कार आरोप लागेकामध्ये केहीलाई पक्राउ गर्न बाँकी रहेको बताउँदै प्रहरी निरीक्षक शाहीले नियन्त्रणमा लिइएका नौ जनामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताए । (रासस)

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ७ : ४६ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम