१६ चैत्र २०८२, सोमबार | March 30, 2026

पाटन दरबार सङ्ग्रहालय आजदेखि खुल्यो



ललितपुर । पाटन दरबार क्षेत्रमा अवस्थित ‘पाटन सङ्ग्रहालय’ आजदेखि खुलेको छ । मुलुकमा दोस्रो लहरको कोरोना महामारी बढेसँगै गत वैशाख १६ गतेदेखि सङ्ग्रहालय सर्वसाधारणका साथै आगन्तुकका लागि बन्द गरिएको थियो ।

बिहान १० देखि साँझ ४ः४५ बजेसम्म सङ्ग्राहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताए । उनले भने, ‘आज ७० जनाले सङ्ग्रहालय घुम्नुभयो, जसमा धेरैजसो युवायुवती भित्रिनुभएको थियो ।’ महामारीअघि दैनिक बिहान साढे ७ देखि साँझ ६ बजेसम्म सङ्ग्रहालय खुलाइने गरिएको लाखेले जानकारी गराए ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सोमबार एक सूचना जारी गरी आजदेखि खुलाउन अनुरोध गरेसँगै आफूहरु अघि बढेको लाखेको भनाइ छ । ललितपुरमा सङ्ग्रहालयसहित पाटन दरबार क्षेत्रका साथै अन्य पर्यटकीयस्थलसमेत खुला भएका छन् ।

यसैगरी केही दिनअघिदेखि बङ्गलामुखीका साथै छेउमै रहेको कुम्भेश्वर महादेव मन्दिरसमेत खुला गरिएको कुम्भेश्वर टोल सुधार समितिका अध्यक्ष अरोजकुमार खड्गीले बताए । कुम्भेश्वर मन्दिर भर्खरै जीर्णोद्धार सम्पन्न भएकाले सो अघि लामो समय बन्द गरिएको खड्गीले जानकारी गराए ।

पाटन दरबार सङ्ग्रहालय क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्ले समेत ३५ औँ कला नगरी घोषणा गरिसकेको छ । सङ्ग्रहालय रहेको पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कात्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वरमा मेला आदि मनाइन्छ ।

सङ्ग्रहालयसँगै दरबार स्क्वायर, कृष्ण, तलेजु र भीमसेन आदि मन्दिरसमेत रहेका छन् । सो सङ्ग्रहालय धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरै मन्दिरको रूपमा परिचित नेपाल उपत्यकाको प्राचीन र महत्वपूर्ण तीन सहरमध्ये सबैभन्दा पुरानो सहर पर्दछ ।

सङ्ग्रहालय रहेको पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री निर्माण हुने गर्छन् । पाटन सङ्ग्रहालय नेपालको जेठो नगरपालिका ललितपुर महानगरपालिकामा पर्दछ ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ८ : ३२ बजे

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

प्रधानमन्त्री बालेन्द्रद्वारा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सांसदहरुसँग छलफल सुरु गरेका

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा