१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पाटन दरबार सङ्ग्रहालय आजदेखि खुल्यो



ललितपुर । पाटन दरबार क्षेत्रमा अवस्थित ‘पाटन सङ्ग्रहालय’ आजदेखि खुलेको छ । मुलुकमा दोस्रो लहरको कोरोना महामारी बढेसँगै गत वैशाख १६ गतेदेखि सङ्ग्रहालय सर्वसाधारणका साथै आगन्तुकका लागि बन्द गरिएको थियो ।

बिहान १० देखि साँझ ४ः४५ बजेसम्म सङ्ग्राहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताए । उनले भने, ‘आज ७० जनाले सङ्ग्रहालय घुम्नुभयो, जसमा धेरैजसो युवायुवती भित्रिनुभएको थियो ।’ महामारीअघि दैनिक बिहान साढे ७ देखि साँझ ६ बजेसम्म सङ्ग्रहालय खुलाइने गरिएको लाखेले जानकारी गराए ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सोमबार एक सूचना जारी गरी आजदेखि खुलाउन अनुरोध गरेसँगै आफूहरु अघि बढेको लाखेको भनाइ छ । ललितपुरमा सङ्ग्रहालयसहित पाटन दरबार क्षेत्रका साथै अन्य पर्यटकीयस्थलसमेत खुला भएका छन् ।

यसैगरी केही दिनअघिदेखि बङ्गलामुखीका साथै छेउमै रहेको कुम्भेश्वर महादेव मन्दिरसमेत खुला गरिएको कुम्भेश्वर टोल सुधार समितिका अध्यक्ष अरोजकुमार खड्गीले बताए । कुम्भेश्वर मन्दिर भर्खरै जीर्णोद्धार सम्पन्न भएकाले सो अघि लामो समय बन्द गरिएको खड्गीले जानकारी गराए ।

पाटन दरबार सङ्ग्रहालय क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्ले समेत ३५ औँ कला नगरी घोषणा गरिसकेको छ । सङ्ग्रहालय रहेको पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कात्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वरमा मेला आदि मनाइन्छ ।

सङ्ग्रहालयसँगै दरबार स्क्वायर, कृष्ण, तलेजु र भीमसेन आदि मन्दिरसमेत रहेका छन् । सो सङ्ग्रहालय धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरै मन्दिरको रूपमा परिचित नेपाल उपत्यकाको प्राचीन र महत्वपूर्ण तीन सहरमध्ये सबैभन्दा पुरानो सहर पर्दछ ।

सङ्ग्रहालय रहेको पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री निर्माण हुने गर्छन् । पाटन सङ्ग्रहालय नेपालको जेठो नगरपालिका ललितपुर महानगरपालिकामा पर्दछ ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ८ : ३२ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान