२० मंसिर २०८२, शनिबार | December 6, 2025

खाल्डोमा पुरिएर कुवेतमा दुई नेपालीको मृत्यु



दोहा । कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा बालुवा र ग्राभेलको थुप्रोमुनि पुरिएर दुई नेपाली श्रमिकको मृत्यु भएको छ ।

बुधबार साँझ ६ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल-२ को निर्माण स्थलमा व्यस्त कामदारहरूमाथि बालुवा र ग्राभेलको थुप्रोले पुरिएर दुई नेपालीले ज्यान गुमाएका छन् । अर्का एक नेपालीको उद्धार गरिएको त्यहाँको फायर फोर्स विभागले जनाएको छ ।

कुवेती फायर फोर्सका अनुसार झन्डै चार घण्टादेखि चलेको उद्धारपछि फायर फाइटर टिमले ६ मिटर गहिरो खाल्डोमा परी मृत्यु भएका दुई जनाको शव र एक जनालाई सकुशल उद्धार गरिएको जनाएको छ । घाइते तथा मृतकको परिचय खुलाइएको छैन ।

घटनालगत्तै त्यहाँका सार्वजनिक निर्माण मन्त्री र सूचना तथा संचार राज्यमन्त्री राना अल फारिस घटनास्थल पुगेका थिए । गत वर्ष पनि कुवेतको अल मुत्ला क्षेत्रमा निर्माणस्थलमा बालुवाको ढिस्को खस्दा ४ जना नेपाली कामदारको मृत्यु भएको भएको थियो ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ६ : ३८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय