१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमसीसीका विषयमा सरकार अनिर्णीत



काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू अनिर्णीत बनेका छन् । प्रायःजसो दलपिच्छे धारणा दिँदै आएका गठबन्धन आबद्ध दलहरू सरकारको साझा धारणा के हुने भन्ने निष्कर्षमा पुग्न सकेका छैनन् ।

सो विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको गठबन्धन आबद्ध दलको बैठक बिनानिष्कर्ष टुंगियो । एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोली बिहीबार नेपाल आएसँगै सत्तारूढ दलमाथि एमसीसीका विषयमा निर्णय गर्न दबाब बढ्दै आएको छ । सो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी प्रतिनिधि मण्डलको टोलीले शुक्रबार (आज) भेट वार्ता गर्दै छ ।

प्रधानमन्त्री देउवाले सोही कारण एमसीसीबारे साझा धारणा बनाउन भन्दै बैठक बोलाएका थिए । तर, बैठकमा गठबन्धन आबद्ध दल जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएपछि कुनै निष्कर्ष आउन सकेन ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याएका अध्यादेश, संसद् सञ्चालनलगायतका विषयमा भने छलफल भएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । ‘एमसीसीका विषयमा कुनै कुरा भएन, सरकारले ल्याएका अध्यादेश, संसद् सञ्चालनलगायतका विषयमा छलफल भयो । यी विषयमा भने गठबन्धनमा रहेका दलका साझा धारणा बनाउने विषयमा छलफल भयो,’ गृहमन्त्री खाँणले बैठकपछि भने ।

बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ हुँदा सरकारको आलोचना बढेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई छिटो निर्णय दिन आग्रह गरेका थिए ।

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमसीसीसहितका समग्र राजनीतिक विषयमा छलफल गर्न शुक्रबार बिहान ९ बजे पुनः बैठक बोलाइएको जानकारी दिइन् ।

बैठकमा समाजवादी पार्टीका सांसदविरुद्ध एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेकाले ती सांसद्लाई मन्त्री बनाउँदा ‘के असर पर्छ रु’ भनेर प्रधानमन्त्री देउवा र नेताहरूले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई सोधेका थिए ।

२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले ३ साउनमा प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । तर, अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । उनले आफू प्रधानमन्त्री हुँदाकै दिन नेपाली कांग्रेसबाट दुई र माओवादीबाट दुई जनालाई मन्त्री बनाएका थिए । त्यसपछि कांग्रेसबाट एक राज्यमन्त्री थपे पनि अन्य मन्त्री नियुक्त गर्न सकेका छैनन् ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेललगायत सहभागी थिए । जसपा अध्यक्ष यादव भने पार्टीको कार्यक्रममा व्यस्त रहेकाले बैठकमा सहभागी नभएको बताइएको छ ।

यसैगरी, गृहमन्त्री खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेसकी प्रतिनिधि सभामा सचेतक पुष्पा भुसाल र महान्यायाधिवक्ता खाती पनि बैठकमा सहभागी थिए ।

बालुवाटार बैठकमा जानुअघि दाहाल, नेता नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच हात्तीवनमा छलफल भएको थियो । एमसीसीका विषयमा अमेरिकाबाट आएको प्रतिनिधिमण्डलको टोलीले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीलाई भने बिहीबार नै भेटिसकेको छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  ७ : ०२ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान