१ पुस २०८२, मंगलबार | December 16, 2025

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक : प्रधानमन्त्रीले मागे मन्त्रीको नाम



काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा अब ढिलाई गर्न नहुने बताउँदै मन्त्रीहरुको नाम दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले आआफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नान टुंग्यान आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन ।

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अहिलेसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा चारैतिरबाट आलोचना भैरहेको छ । सरकारमा अहिलेसम्म प्रधानमन्त्रीसहित पाँच जना मन्त्री र एक जना राज्यमन्त्री मात्र रहेका छन् ।

आजको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  ११ : १६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज