२१ चैत्र २०८२, शनिबार | April 4, 2026

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक : प्रधानमन्त्रीले मागे मन्त्रीको नाम



काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा अब ढिलाई गर्न नहुने बताउँदै मन्त्रीहरुको नाम दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले आआफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नान टुंग्यान आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन ।

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अहिलेसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा चारैतिरबाट आलोचना भैरहेको छ । सरकारमा अहिलेसम्म प्रधानमन्त्रीसहित पाँच जना मन्त्री र एक जना राज्यमन्त्री मात्र रहेका छन् ।

आजको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  ११ : १६ बजे

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड काठमाडौं । परराष्ट्रमन्त्री

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी

आज अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू