काठमाडौं । सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा संयन्त्रको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारले ल्याएका ६ वटा अध्यादेश संसदबाट पारित हुने अवस्था सुनिश्चित नभएपछि बैठक बोलाइएको हो । बैठकमा संसदबाट कसरी पास गर्ने भन्ने विषयमा रणनीति बनाइने बुझिएको छ । संयन्त्रले गठबन्धनलाई मजबुद बनाउने र सरकारको कामलाई सहजीकरण गर्दै आएको छ ।
सरकारले संसद अधिवेशन सुरु भएकै दिन माघ १८ गते ६ वटा अध्यादेश संसदमा पेश गरेका थियो । २४ गते संसद स्वीकृतका लागि निर्णायार्थ पेश गर्ने भनिएको भए पनि राष्ट्रिय सभामा बहुमत नपुग्दा र जनता समाजवादी पार्टी नेपालले अध्यादेश समर्थन गर्ने सुनिश्चितता नगर्दा सरकार अप्ठेरोमा परेको छ ।
प्रतिक्रिया