२१ चैत्र २०८२, शनिबार | April 4, 2026

कुलमान घिसिङ विरुद्ध परेको रिट माथिको सुनुवाइ स्थगित



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ शुक्रबार स्थगित भएको छ ।

सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरेको विरोधमा पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरका थिए ।

रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा चढे पनि रिट निवेदकका कानून व्यवसायीले आजको सुनुवाइ स्थगित गर्न निवेदन दिएका छन् । त्यसपछि सुनुवाइ स्थगित भएको हो ।

यसअघि यही भदौ ८ गते प्रधानन्यायाधीश जबराकै एकल इजलासले मिसिल झिकाउन आदेश दिएको थियो ।

मन्त्रिपरिषद्ले २०७८ साउन २५ मा पूर्व कार्यकारी निर्देशक शाक्यलाई हटाएर उनको स्थानमा कुलमान घिसिङलाई ल्याएको थियो । शाक्यलाई त्यहाँबाट हटाएर उनले खाइपाई आएको तलब भत्ता सुविधासहित जल तथा ऊर्जा आयोगको विशेषज्ञ सदस्यमा नियुक्त गरिएको थियो । तर, आफु प्राधिकरणमै रहनेभन्दै शाक्यले घिसिङको नियुक्ति विरुद्ध रिट दायर गरेका थिए ।

शाक्यलाई तत्कालिन केपी ओली सरकारले २०७७ माघ २६ मा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  १ : ०३ बजे

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा