१ पुस २०८२, मंगलबार | December 17, 2025

आइएमई अटोमोटिभ्सले पायो बेस्ट पर्फमिङ् व्यापार अवार्ड



काठमाडौं । आइएमई अटोमोटिभ्सले बेस्ट पर्फमिङ् व्यापार अवार्ड पाएको छ ।
एस्कर्टस लिमिटेड इन्डियाद्धारा आयोजित छैठांै अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ् व्यापार अवार्ड प्रदान गरेकोे छ ।

हालै इन्डियामा आयोजित एक विशेष कार्यक्रमवीच एस्कर्टसका प्रमुख कार्यकारी अधिकृत अजय मन्दाहरद्धारा विश्वभरिका एस्कर्टस डिरलशीप मध्ये आइएमई अटोमोटिभ्स नेपाललाई बेस्ट पर्फमिङ् बिजनेश पार्टनरको रुपमा सम्मानित गरिएको छ ।

अघिलो वर्षमा आइएमईले गरेको मार्केट शेयरको बृद्धि, उत्कृष्ट ग्राहक सन्तुष्ट र एस्कर्टस ब्राण्डलाई नेपालमा स्थापित गर्न ठुलो भुमिका खेलेको हुनाले आइएमई अटोमोटिभ्सलाई यो अवार्ड प्रदान गरिएकोे प्रमुख कार्यकारी अधिकृतले बताए ।

आइएमई अटोमोटिभ्स हेभि इक्युपमेन्ट सेग्मेन्ट नेपालमा धेरै कारोबर गर्ने वितरकको रुपमा रहेको अटोमोटिभ्स्का प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकल बताए । बेस्ट पर्फमिङ् अर्वाड आइएमई अटोमोटिभ्स् टिमको मिहिनेत र कुशल कार्यक्षमता प्रमुख रहेको कुरामा जोड दिँदै सबै टिमलाई यस अवार्डको लागि धन्यवाद पनि दिए ।
आइएमई अटोमोटिभ्स्ले एस्कर्टस ब्राण्डको ब्याकोहो लोडर, हाइड्रा क्रेन, साथै कम्प्याक्टर सेगमेन्टका मेसिनहरु नेपालभरी बिक्रीबितरण गर्दै आएको छ । आफ्नो नेपालभरका ११ वटा शोरुम र शाखाहरुबाट सेल्स, सर्भिस र स्पेयर्सको सुबिधा पनि दिँदै आएको कम्पनीले जनाएको छ । एस्कर्टसको पिक एण्ड क्यारी क्रेन विश्वकै नम्बर १ मेशिन पनि रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  १ : ४८ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष