१७ माघ २०८२, शनिबार | February 1, 2026

एमसीसी उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्मा बीच अर्थमन्त्रालयमा भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहित प्रमुख राजनीतिकदलका प्राय सबै नेताहरुसंग भेटवार्ता सकेकी मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेकी छिन् । उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्माबीच शनिबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा भेटवर्ता भएको हो ।

बिहीबार काठमाडौं ओर्लिएकी उपाध्यक्ष सुमारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट भेट शुरु गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड, जनता समाजवादीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा अर्का अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेकी थिइन् ।

अर्थमन्त्री शर्मासँगको भेटमा संसदबाट यथाशिघ्र एमसीसी अनुमोदन गरी कार्यान्वयनमा लैजान उपाध्यक्ष सुमारले आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । जवाफमा अर्थमन्त्री शर्माले एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय अहिले दलहरुमा छलफलकै क्रममा रहेको र दलहरुका बीच सहमति कायम गरेर अगाडि बढ्ने बताएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  ४ : २६ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले