२१ चैत्र २०८२, शनिबार | April 4, 2026

देशको स्वाधिनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्विकार्य छैन : माधव नेपाल



नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का केन्द्रिय अध्यक्ष माधवकुमार नेपालले एमसीसी परियोजनाले नेपालको स्वाधिनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै पनि प्रभाव नपार्ने कुरामा विश्वस्त नभएसम्म स्वीकार नगरिने बताएका छन् । शनिवार नेपालगञ्जमा आयोजना गरिएको नेकपा एस पार्टी निकट युवा संघ नेपाल लुम्बिनी प्रदेश भेलाको उदघाटन तथा पिपुल्स भोलियन्टियर घोषणा कार्यक्रममा सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादीका अध्यक्ष नेपालले देशको स्वाधिनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्विकार्य नभएको बताए ।

नेपालले आफ्नो दल र आफूहरुले देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौताको समर्थन नगर्ने बताए । ‘हामीले एमसीसीका उपाध्यक्षलाई प्रष्टसँग भनेका छौंं कि यो परियोजनाले नेपालको स्वाधिनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै पनि प्रभाव पार्ने छैन भन्ने कुरामा विश्वस्त नभएसम्म स्वीकार गरिने छैन ।’ उनले भने ।

देशमा पाँच दलको वाम लोकतान्त्रिक गठबन्धन र केपी ओलीको एमाले, राप्रपा लगायतको दक्षिणपन्थि गठबन्धन गरेर दुईवटा गठबन्धन रहेको जनाउँदै उनले दक्षिणपन्थीहरु विस्तारै विलाएर जाने दाबी गरे ।

नेपाल र नेपाली जनताको हितमा रहने सबै प्रकारका अन्तराष्ट्रिय सन्धि सम्झौताहरुको सम्मान गर्दै आएको र गर्ने जनाउँदै उनले कुर्सी र सत्ताका लागि जे पायो त्यही गर्ने काम आफूहरुबाट नहुने जिकीर गरे । संविधान, व्यवस्था र संघीयता समाप्त गर्ने षडयन्त्र गरिएपछि सो जोगाउन बनेको पाँच दलको वाम लोकतान्त्रिक गठबन्धन आगामी निर्वाचन र त्यसपछि पनि कायम रहने बताए ।

विदेशीसंग लम्पसार भएर आफू सत्तामा टाँसिरहनका लागि एमाले अध्यक्ष केपी ओलीले दुई पटक प्रतिनिधिसभा भंग गरेको आरोप लगाउँदै अध्यक्ष नेपालले ओलीले संघीयता समेत समाप्त पार्ने षडयन्त्र गरेको बताए । नेकपा एमाले केपी ओलीको निजी कम्पनीमा परिणत भएपछि आफूहरुले नेकपा एकिकृत समाजवादी गठन गरेको जनाउँदै अध्यक्ष नेपालले यो पार्टीको गठनसंगै देशभरी नयाँ तरंग फैलिएको समेत उनले दाबी गरे।

कार्यक्रममा युवा संघका केन्द्रिय अध्यक्ष नरेशकुमार साही, पूर्वमन्त्री दलबहादुर सुनार, युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापा लगायत केन्द्रिय सदस्यहरुले पनि एकिकृत समाजवादी पार्टी देशकै ठूलो पार्टी बन्ने बताए ।

पार्टी गठन गरेपछि नेता नेपाल पहिलो पटक काठमाडौं बाहिर नेपालगञ्जको कार्यक्रममा सहभागी भएका हुन् ।

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  ४ : ५८ बजे

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा