२१ चैत्र २०८२, शनिबार | April 4, 2026

एमालेले बहिस्कार गरेपछि सर्वदलीय बैठक बिनानिष्कर्ष सकियो



काठमाडौं । संसदमा प्रमुख प्रतिपक्षको लगातारको अवरोध खुलाउने प्रयास स्वरुप सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ ।

संसद भवन बानेश्वरमा सोमबार बसेको बैठकमा संसद अवरुद्ध गराउने प्रमुख प्रतिपक्ष एमाले नै सहभागी नभएपछि बैठकले कुनै निकास दिन नसकेको बैठकमा सहभागी नेताहरुले बताएका छन् । बैठकमा उपस्थित नेताहरुले सभामुखलाई पुन प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास खोज्न सुझाव दिएर बैठक सकिएको सहभागी एक नेताले बताए ।

प्रतिपक्ष एमाले बैठकमा सहभागी नै नभएपछि कुनै निचोडमा पुग्न नसकेको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताए । अध्यक्ष ठाकुरले एमाले प्रति ब्यङ्ग गर्दै भने ‘पहिला पनि ५९ दिनसम्म संसद अवरुद्ध भएको थियो, अहिले त २,३ दिनमात्र भएको छ ।’

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संसद सहज रुपमा सुचारु गर्न बैठक आव्हान गरेपनि प्रतिपक्ष नआएकाले कुनै निष्कर्षमा पुग्न नसकिएको जानकारी दिइन् ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  ५ : १४ बजे

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा

आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौं । भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल

आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय